कर्मचारी नहुँदा सहयोगीको भरमा नापी कार्यालय  | Khabarhub Khabarhub

कर्मचारी नहुँदा सहयोगीको भरमा नापी कार्यालय 


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको मिर्चैया नगरपालिकास्थित विशेष नापी कार्यालय कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कार्यालय प्रमुखसहित प्रशासनिक काम गर्ने कर्मचारी नहुँदा कार्यालय सहयोगीको भरमा सञ्चालन भएको पाइएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण किता नापी महाशाखा विशेष नापी कार्यालय मिर्चैयामा कर्मचारी नहुँदा सेवाग्राही मार्कामा परेका छन् । यस कार्यालय मातहतमा करिब तीन दर्जन प्राविधिक कर्मचारीहरू कार्यरत रहे पनि कार्यालय भने सहयोगीको भरमा चलेको छ । जनगुनासोपश्चात संचारकर्मीहरु कार्यालयमा पुग्दा दुईजना कार्यालय सहयोगी र एकजना  सवारी चालक मात्र भेटिए । त्यहाँ भेटिएका कार्यालय सहयोगहीरुलाई कार्यालय प्रमुख कहाँ हुनुहुन्छ ? भनी सोध्दा उनीहरूले फिल्डमा गएको जवाफ दिए । 

सञ्चारकर्मी पुग्दा कार्यालय सञ्चालन गर्न भाडामा लिएका जम्मा ११ वटा कोठामध्ये दर्ता चलानी गर्ने कोठा मात्र खुला थियो ।  कार्यालय प्रमुख बस्ने कोठा, प्रशासन, भण्डारण कक्ष, नापी अधिकृत लगायतका कोठाहरू महिनौँदेखि ताला लगाएर राखेको ै देखियो। कार्यालय प्रमुखको कक्षको ढोकामा कयौं दिनदेखि नखुलेको जस्तो र पानीको जार राखिएको अवस्थामा  भेटिए । 

यसबारे बुझ्न कार्यालय प्रमुख दिलीप कुमार सिंहलाई फोन गरी कार्यालयमा आएको छु, भेटौँ न भन्दा उनले ‘म अहिले अन्य कामले बाहिर आएको छु तत्काल भेट्न सकिन्न पछि भेटौला’ भन्ने जवाफ दिए । साथै उनले थप भने, ‘म अहिले अन्य कामको टेन्सनमा छु, दुई हप्ता अझै तपाइँहरुसँग भेट्न सकिन्न, कार्यालय पनि आउँदिनँ ।’

यस कार्यालय मातहतमा रहेर नरहा गाउँपालिका, मिर्चैया, कर्जन्हा, कल्याणपुर, सिरहा नगरपालिकाहरूमा नापजाँचको काम चलिरहेको छ । नाप जाँचको क्रममा कार्यालयमा सेवाग्राहीहरू भेट्न आउँदा कहिल्यै कर्मचारी फेला पर्दैनन्। 

आइतबारका दिन मध्याह्न तराईको तातो घाममा नरहा गाउँपालिका ४ का ६१ वर्षीय बैजनाथ यादव विशेष नापीले आफ्नो नम्बरी जमिन नापेको विषयमा बुझ्न गएका थिए । तर, उनी कर्मचारी नभएका कारण आफ्नो समस्या सुनाउन नपाई फर्किए । 

उनी यसअघि नापी कार्यालय सिरहा गएका थिए । सिरहामा विशेष नापीले नापेको हो, मिर्चैया जानुस् भनेर पठाएपछि मिर्चैया विशेष नापीमा त आए तर, उनी कर्मचारी नभेटेरै फर्किनु पर्‍यो ।  यादव मात्र हैन यहाँ आउने हरेक सेवाग्राही सम्बन्धित कर्मचारी नभएकै कारण निराश  भएर फर्किनुपर्ने बाध्यता छ । कार्यालयमा कर्मचारी नभेट्दा उनीहरु कहिले सिरहा त कहिले यसै कार्यालयको मातहतमा रहेको विभिन्न टोलीमा भतारिने गरेको सुनाउँछन् ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ५ : ०३ बजे

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल