इटालीको उत्तरी भेगमा बाढीको प्रकोप, आठ जनाको मृत्यु « Khabarhub

इटालीको उत्तरी भेगमा बाढीको प्रकोप, आठ जनाको मृत्यु


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रोम– इटालीको उत्तरी भेग इमिलिया रोमाग्नामा अविरल वर्षासँगै आएको बाढीमा परी आठ जनाको मृत्यु भएको छ । बाढीबाट हजारौँ विस्थापित भएका छन् भने युरोपको प्रसिद्ध मोटर रेस प्रतिस्पर्धा ग्रान्ड प्रिक्स फर्मुला वान स्थगन भएको छ । 

नदीहरूमा पानीको सतहले जोखिमको रेखा पार गरेको छ भने हजारौं हेक्टर खेतीयोग्य जमिन जलमग्न भएको छ । शहरका सडकबाट पनि पानी बगिरहेको छ । बाढीबाट बच्न मानिसहरू घरका छतमा पुगेका छन् । एक वर्षमा हुने औसत वर्षा झण्डै ३६ घण्टामा भएकोले परिस्थिति भयावह बनेको अधिकारीहरूले बताएका छन् । बाढीका कारण ५० हजार मानिस बिजुलीको पहुँचबाट बाहिर भएका छन् । 

भोलिदेखि जापानको हिरोसिमामा आयोजना हुने  विकसित सात राष्ट्र (जी सेभेन) को ४९ औँ शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले बाढीपीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ५ : १४ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द