पाकिस्तानमा अनुमानित दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर | Khabarhub Khabarhub

पाकिस्तानमा अनुमानित दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका दुई करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ ।

पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको मुलुकमध्ये एक रहेको योजना विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको समस्या समाधान गर्न र विद्यालय जाने उमेरसमूहका बालबालिकालाई बढीभन्दा बढी भर्ना गर्न विशेष कार्यक्रम ल्याएको छ ।

पाकिस्तानले वर्षौंदेखि आफ्नो विद्यालय उमेरको जनसङ्ख्यालाई शिक्षामा पहुँच प्रदान गर्न उल्लेखनीय प्रगति गरेको छ, तर सुधारको गति अन्य विकासशील देशहरूको तुलनामा सुस्त रहेको छ, संघीय र प्रान्तीय सरकारहरूले यस मुद्दालाई सम्बोधन गर्न राष्ट्रिय कार्य योजना विकास गर्ने निर्णय गरेको छ ।

विद्यालय बाहिर रहेका बालबालिका कोही पनि नहोस् भनेर राजधानीमा ‘युनिभर्सल इनरोलमेन्ट पाइलट प्रोजेक्ट’ सुरु गरिने र देशभरका अन्य क्षेत्रमा पनि यस्तै नतिजा ल्याउन यो परियोजनालाई दोहो¥याउन सकिने मन्त्रालयले जनाएको छ ।

साथै, अति प्रभावित जिल्लाहरूमा शिक्षाको नतिजा सुधार गर्न प्रदेश सरकारहरूलाई कार्यसम्पादनमा आधारित नगद अनुदान प्रदान गर्न राष्ट्रिय विद्यालय बाहिरको बालबालिका कोषको स्थापना गरिनेछ । यसबाहेक, विद्यालयमा भर्ना भएर पनि विद्यालय नजाने दर कम गर्न, सरकारले एक व्यापक अनलाइन शैक्षिक प्रणाली सुरू गर्नेछ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ७ : ५५ बजे

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४