एक युवा कर्णाली नदीमा बेपत्ता « Khabarhub

एक युवा कर्णाली नदीमा बेपत्ता


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ मा पर्ने कर्णाली नदीमा एक युवक बेपत्ता भएका छन् । गाउँपालिका–२ निवासी ४० वर्षीय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा बेपत्ता भएका हुन् ।

बिहीबार दिउँसो कर्णाली नदीमा माछा मार्ने जाल हाल्ने क्रममा कर्णालीमा बगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै श्रीनगर प्रहरी चौकीका इन्चार्ज कुमार गिरीले बताए। अदानचुली गाउँपालिका गल्फगाडको रैसेडी खोला नदीमा जाल हाल्नका लागि पौडी खेलेर नदी पार गर्ने क्रममा कर्णाली नदीबीचबाट बेपत्ता भएको प्रहरी चौकी इन्चार्ज गिरीले बताए ।

रैसेडी कर्णाली नदीमा बिहीबार बेपत्ता भएका बुढाको खोजीकार्यका लागि गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही, सुरक्षाकर्मी, स्थानीयवासी, कामदार सबैले खोजीकार्य गरिरहेको बताइएको छ ।

बेपत्ता भएका बुढा अदानचुली गाउँपालिकाको एम्बुलेन्स चालक हुन् । बुढाको श्रीमती, दुई छोरा र एक छोरीका छन् । बेपत्ता बुढा अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी हुम्लाले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ८ : २७ बजे

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको