पोखरामा नगरबसको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

पोखरामा नगरबसको ठक्करबाट एक जनाको मृत्यु


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा नगर बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२५ हेमजाका ४६ वर्षीया तुलसीप्रसाद तिवारीको मृत्यु भएको हो ।

छोरेपाटनबाट विश्व शान्ति स्तुपतर्फ जाँदै गरेको ग १ ख ३२८७ नम्बरको नगरबसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए ।

विकका अनुसार दुर्घटनामा स्कुटरमा सवार हेमजाकै २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । खुट्टा र टाउकोमा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ८ : ३८ बजे

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति