पार्टीले ३३ प्रतिशत युवालाई स्थान दिनुपर्दछ : महासचिव पोखरेल « Khabarhub

पार्टीले ३३ प्रतिशत युवालाई स्थान दिनुपर्दछ : महासचिव पोखरेल


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीका आधारभूत तहका कमिटीमा ३३ प्रतिशत स्थान युवालाई दिइने बताएका छन् ।

अनेरास्ववियुको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले पार्टी निर्माणमा ३५ वर्षमुनिका युवालाई विशेष प्रथामिकता दिइने बताए। “पार्टीले ३३ प्रतिशत युवालाई स्थान दिनुपर्दछ । त्यो युवाको अनुहार हेरेर पार्टीले भनेको हो”,उनले भने, “अब समाज बदल्ने युवाले हो, नेतृत्व गर्ने युवाले हो । त्यसैले नेतृत्व गर्ने ठाउँका लागि तयार रहेको छौँ भन्ने सन्देश युवाले दिनुपर्दछ ।”

उनले यस वर्षलाई पार्टीले अधिवेशनको वर्ष बनाउन खोजेको समेत बताए । अनेरास्ववियु विद्यार्थीबीचमा जति धेरै सङ्गठित भएर अगाडि बढ्छ पार्टीको भविष्य त्यति नै सुरक्षित हुने उनको भनाइ थियो ।

उनले अखिलका नेतालाई विद्यार्थी राजनीति सकेपछि के होला भनेर चिन्ता नगर्नसमेत आग्रह गरे। “अखिलका नेतालाई विद्यार्थी राजनीति सकेपछि के होला भनेर चिन्ता गर्नु पर्दैन । गाउँ गइहाल्ने, समाज बदल्ने कुराको नेतृत्व गर्ने हो”, उनले भने ।

महासचिव पोखरेलले सहरिया मध्यम वर्गलाई पार्टीले सामजिक एजेण्डाबाट जोड्न नसकेको बताए। “पार्टीमा समस्या देखिएपछि सारा ध्यान हाम्रो पार्टीको रक्षा गर्ने कुरामा केन्द्रित भयो । पार्टी रक्षा गर्न ठूला–ठूला प्रदर्शन ग¥यो, जनताका एजेण्डामा आधारित भएर जनपरिचान हुन पाएनौँ, त्यसैले सहरिया मध्ययम वर्गको टुट्न गयो ।”

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ९ : ३५ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा