नेपालमा जोर्नीको उपचार र प्रत्यारोपण « Khabarhub

नेपालमा जोर्नीको उपचार र प्रत्यारोपण


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

दुर्घटनामा परेर अंगभंग भएका र उमेर बढ्दै गएपछि हाडजोर्नी खिइएको अवस्थामा जोर्नी प्रत्यारोपण गरिन्छ। शरीरमा भएका जोर्नीहरू विभिन्न कारणले खिइने अथवा बिग्रिने समस्या हुनसक्छ। त्यसरी खिइएको अथवा बिग्रेको जोर्नी शल्यक्रियामार्फत् कृत्रिम राखेर उपचार गरिन्छ। त्यसलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ। मानव शरीरमा भएका जोर्नी कुनै कारणले खिइने वा बिग्रिने भएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ। हिप र घुँडाको जोर्नी खिइएमा हिँडडुल गर्न, पलेटी मारेर बस्न र सामान्य काम गर्न पनि असजिलो हुन्छ। कस्ता व्यक्तिलाई जोर्नी प्रत्यारोपणको जरुरत पर्छ ? जोर्नी प्रत्यारोपण सम्बन्धी नेपालमा प्रविधि उपलब्ध छ कि छैन ? नेपालमा कसरी जोर्नी प्रत्यारोपण गरिन्छ ? यी नै विषयमा आधारित रहेर खबरहबका लागि अर्थोपेडिकस सर्जन डा. राज राणासँग गरिएको कुराकानीको सम्पादित अंश :

जोर्नी प्रत्यारोपण भनेको के हो, यसलाई कसरी बुझ्न सकिन्छ ?
शल्यक्रियाको माध्यमबाट कृत्रिम जोर्नी राख्ने प्रक्रियालाई जोर्नी प्रत्यारोपण भनिन्छ। विश्वमा यो जोर्नी प्रत्यारोपण धेरै समय पहिलेदेखि नै भएको हो। तर, हाम्रो नेपालमा पाँचदेखि सात वर्षमा यो सुरुवात भएको हो। विस्तारै यो प्रभावकारी हुँदै आइरहेको छ। हाम्रो शरीरमा दुई वटा हड्डीको बीचमा जोर्नी हुन्छन्। हिपको दुई जोर्नीबाट नै शरीरको सम्पूर्ण वजन बाँडिने भएकाले यी जोर्नीहरू हाम्रो काम जीवनशैलीका कारणले खिइने हुन्छन्। विशेष गरी महिलाहरूमा घुँडाको जोर्नीहरू खिएर समस्या हुन्छ। उमेर बढ्दै जाँदा यस्तो समस्या बढ्दै जान्छ। यो प्रत्यारोपण भनेको दुखाइबाट मुक्त हुनु र आफ्नो नियमित काम गर्न सक्नु हो। जोर्नीलाई खिइने बित्तिकै प्रत्यारोपण गर्नुपर्ने हुँदैन। हामीले बिरामीको शल्यक्रियाभन्दा अगाडि सबै ट्रायल गरेपछि भएन भने मात्र जोर्नी प्रत्यारोपण गर्दछौँ।

शरीरको जोर्नीमा के कारणले समस्या आउँछन् ?
घुँडाको जोर्नीमा देखिने अधिकांश समस्यामा ९० प्रतिशत उमेरजन्य र १० प्रतिशत चोटपटकलगायत अन्य कारणले समस्या आउँछ। यो अवस्थामा प्रत्यारोपण गर्नुपर्ने हुन्छ। महिनावारी बन्द भएका महिला, बाथरोग भएका व्यक्तिमा हड्डी दुख्ने, खिइने र खराब हुने लगायतका समस्या देखा पर्छन्।

कसरी गरिन्छ जोर्नी प्रत्यारोपण ?
जोर्नी प्रत्यारोपण सामान्य शल्यक्रियाद्वारा गरिन्छ। यसमा कृत्रिम जोर्नी राख्ने हो। हामीले मेडिसिटीमा प्रयोग गर्ने भनेको संसारको उत्कृष्ट सेन्टरमा प्रयोग गर्ने विधि नै हो। विदेशमा यसको अभ्यास धेरै भएको देखिन्छ। सबै जाँच गरेर यसको स्थायित्व भनेको २० वर्ष हो। जोर्नी प्रत्यारोपण गर्ने अंगको अगाडिको भागबाट काटेर खिइएको जोर्नीलाई हटाइने गरिन्छ। यो सँगै कृत्रिम जोर्नीलाई आवश्यक आकारमा मिलाएर राख्ने गरिन्छ। टिबिया अर्थात् खुट्टाको हड्डी र फेबर (थाईको हड्डी)मा इम्प्लान्ट अर्थात् कृत्रिम जोर्नी फिट गरिन्छ।

जोर्नी प्रत्यारोपण गरेपछि पहिलाको जस्तै सहज अवस्था हुन्छ ?
जोर्नी प्रत्यारोपण गरेपछि त्यो भागको दुखाई हराउँछ। त्यसका लागि राम्रो सर्जनको टिम हुनुपर्छ। यो गर्ने ठाउँ एकदमै राम्रो प्रयोग हुने सामानमा इन्फेक्सन नहुने खालको हुनुपर्छ त्यसैले यो त्यत्ति सजिलो छैन। हामीले सबै कुरालाई ध्यानमा राखेर गर्छौँ। हाम्रो सफलता ९६ प्रतिशत छ।

यो प्रत्यारोपण गर्न खर्च कति लाग्छ वा उपचार सबै नेपालीको पहुँचमा छ ?
नेपालमा यो लेबलको अप्रेसन थिएटरका लागि डाक्टर र अरू टिमहरूले जुन सेवा सुविधा दिएको छ त्यो एकदमै रिजनेवल छ। जोर्नी प्रत्यारोपणका लागि आवश्यक पर्ने उपचारका साम्रगी अन्य देशहरूबाट आयात गरिने हुँदा पनि नेपालमा यो उपचार महँगो पर्ने गर्छ।

जोर्नी प्रत्यारोपण गरेकाले के के कुरामा ध्यान दिनुपर्ला ?
जोर्नी प्रत्यारोपण गरेकाले ६ हप्तामा एक पटक फलोअपको लागि अस्पताल जानुपर्छ। विस्तारै गर्दै हलुका हिँड्दै जाने हो भने शल्यक्रिया गरेको तीन महिनापछि बिरामी कुनै पनि सहयोग बिना हिँडडुल गर्न सक्छन्। शल्यक्रिया मार्फत कृत्रिम जोर्नी राखिएको हुनाले यसको धेरै नै जतन गर्नुपर्छ हरेक कामहरू गर्दा जोर्नीमा भार पार्नु हुँदैन। जोर्नी प्रत्यारोपण गरेपछि केही समय पलेँटी मारेर वा टुक्रुक्क बस्नु हुँदैन। जोर्नीको वरपरको मांसपेशी बलियो बनाउन दैनिक रूपमा नै फिजियोथेरापी गर्नुपर्छ।

प्रत्यारोपणपछि शरीरमा इन्फेक्सनको डर हुन्छ। त्यसमा डाक्टरलाई मलाई यो भयो यान्टिबायोटिक लिन्छु भनेर भन्नुपर्छ। जोर्नी प्रत्यारोपण गर्दा आफ्नो जीवनमा निक्कै नै परिवर्तन भएको महसुस हुन्छ। उमेर ढल्कँदै गएपछि यो समस्या धेरै देखिने हुँदा नेपालीमा अब धेरै बाँचिँदैन, किन जोर्नी फेर्नुपर्यो भन्ने पनि सुनिन्छ। तर समयमा फेर्यो भने जीवन जिउन निकै सहज हुन्छ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : ११ बजे

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगतिको प्रावधान हटाउन माग

काठमाडौं– हकप्रद सेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय

काठमाडौं ५ का मतदाताको प्रतिक्रियाले उत्साहित छु : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा मतदाताबाट

‘धुरन्धर-२’ टिजरमा रणवीर सिंहको एक्सन र थ्रिलको झलक

काठमाडौँ– बलिउड सुपरहिट फिल्म ‘धुरन्धर’ को बहुप्रतीक्षित सिक्वेल ‘धुरन्धर–२ : द

वर्षमानसँग मतदाताले राखे यस्ता माग 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन गृहजिल्ला रोल्पामा

डब्लुएचओको बोर्ड बैठकमा नेपालको नेतृत्वदायी भूमिका 

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कार्यकारी बोर्डको १५८औँ बैठकमा