पाँचथरमा बाढीले बगाउँदा ६ जना बेपत्ता, हेवा खोलासहित पाँच पुल बगे « Khabarhub

पाँचथरमा बाढीले बगाउँदा ६ जना बेपत्ता, हेवा खोलासहित पाँच पुल बगे


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरमा गएरातिको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएका छन् । 

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित सहित ६ जना बेपत्ता भएका हुन् । तामाङ र लोवा स्थानीय हेवा ए जलविद्युत् आयोजनामा कार्यरत थिए।

यस्तै, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी, फिदिम– ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक र फालेलुङ– ३ का एक  गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

बाढीले ९ वटा घर बगाएको विवरण प्राप्त भएको प्रहरीको भनाइ छ । बाढीबाट ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्ग अन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुइवटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ ।

याङवरक गाउँपालिका ३ र २ मा ठूलो परिमाणमा घर बगाएको भएपनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : १० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका