सङ्खुवासभामा सात घर बगे, हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन | Khabarhub Khabarhub

सङ्खुवासभामा सात घर बगे, हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले संखुवासभाले जनाएको छ । 

वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७  मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । सम्पर्क विहीनहरूको खोजी कार्य सुरु भएको जनाइएको छ ।

बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५  खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ । 

घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । 

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएकाे छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : ५७ बजे

निर्वाचन आयोगका पदाधिकारीले भूकम्पपीडितलाई सहयोग गर्ने

काठमाडौँ- जाजरकोट केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट

पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु

जाजरकोट– कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ ।

मूल्य निर्धारण नहुँदा सस्तोमा उखु बेच्न किसान बाध्य

सर्लाही- सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा

बागमतीलाई हराउँदै आर्मी केपी ओली कप क्रिकेटको फाइनलमा

कास्की – केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा

‘एनिमल’को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री 

मुम्बई- रणवीर कपुर अभिनित एनिमलले आक्रामक बुकिङ पाएको छ ।