गण्डकी प्रदेशको बजेट प्रचारमुखी भन्दा यथार्थपरक  « Khabarhub

गण्डकी प्रदेशको बजेट प्रचारमुखी भन्दा यथार्थपरक 


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताएका छन् ।

आर्थिक वर्ष २०८०-८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा उनले ‘आत्मनिर्भर तथा समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ बनाउने मूल आधारका रुपमा बजेट रहेको बताए । कृषि क्षेत्रमा प्रवाह हुने अनुदानलाई उत्पादन केन्द्रित बनाउन र यसको लाभ सुनिश्चित गर्न उत्पादनका आधारमा अनुदान प्रवाह हुने व्यवस्था मिलाइएको मन्त्री आलेले चर्चा गरे ।

आगामी आर्थिक वर्ष प्रदेश सरकारको चालु खर्च ५३ करोड ६२ लाख रहेको उल्लेख गर्दै उनले सो खर्च पनि चार दशमलव सुन्ना एक प्रतिशतले घटाइएको छ भने। मन्त्रालय, कार्यालय र निकायमा चालुतर्फ अत्यावश्यक बाहेकका कार्यक्रम सञ्चालन नहुने बताउँदै मन्त्री आलेले चालु खर्चलाई पुँजीगत खर्च वृद्धिमा सहयोग हुने गरी परिचालन गर्ने व्यवस्था गर्दै फजुल खर्च नियन्त्रण गरिएको जानकारी दिए ।

आर्थिक मामिला मन्त्रालयको कूल बजेट चालु आर्थिक वर्षभन्दा छ करोड नौ बताए । आगामी आर्थिक वर्ष अत्यावश्यक बाहेक कुनै पनि सरकारी भवन निर्माण नगर्ने र नयाँ सवारी साधन खरिद नगर्ने नीति लिइएको मन्त्री आलेले जानकारी दिए।

सार्वजनिक सङ्घ र संस्थाका भवन निर्माणमा बजेट विनियोजन गर्दा पर्यटकीय, धार्मिक र संस्कृति स्थल संरक्षण  हुने खालाका संरचनामा मात्र बजेट विनियोजन गर्ने सरकारले नीति लिएको छ ।

बजेटलाई साना आयोजना र कार्यक्रमभन्दा रणनीतिक महत्वका क्षेत्रमा केन्द्रित गरिएको, बहुवर्षीय तथा स्रोत सुनिश्चित भएका आयोजनामा पर्याप्त बजेट विनियोजन गरेर मात्र सालवसाली आयोजनामा रकम विनियोजन गरिएको  र विगतको सरकारका राम्रा कार्यक्रमलाई निरन्तरता दिई थप नयाँ कार्यक्रम प्रस्ताव गरिएको उनले बताए । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १२ : १६ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार