कञ्चनपुरमा भारतीय टोलीको अनधिकृत नापजाँचप्रति सरकारको ध्यानाकर्षण « Khabarhub

कञ्चनपुरमा भारतीय टोलीको अनधिकृत नापजाँचप्रति सरकारको ध्यानाकर्षण


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद डोलप्रसाद अर्यालले भारतीय टोली कन्चनपुर प्रवेश गरेर हाइवेको सर्भे गर्दा सुरक्षाकर्मीले जानकारी नै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय प्रविधि टोली नेपाल प्रवेश गरेर भूमि नापजाँच गर्दा पनि सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै आपत्ति जनाएका हुन् । 

१ असारमा भारतीय प्रविधि टोलीले इन्डियन नेशनल हाइवे सर्भे गर्ने भन्दै कन्चनपुरको भुजेला, गड्डाचौकीदेखि सुकशलासम्मको भू–भाग नापजाँच गरेको भन्दै उनले यसबारे गृहमन्त्रीको जवाफ मागेका छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १२ : २५ बजे

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई