बाढीपहिरोबारे सांसदले गराए सरकारको ध्यानाकर्षण « Khabarhub

बाढीपहिरोबारे सांसदले गराए सरकारको ध्यानाकर्षण


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदहरुले पूर्वी पहाडी क्षेत्रमा गएको बाढीपहिरोको क्षति, उद्धार र राहतबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरू दीपक खड्का र योगेश भट्टराईले शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको र पीडितको उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरसहितका पहाडी जिल्लामा गएको बाढीपहिरोले २१ जना बेपत्ता भएका, ३ जनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको भन्दै उनीहरूले पीडितहरूको उद्धार गर्न र उनीहरूलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

सांसद खड्काले संखुवासभामा १६ जना बेपत्ता भएका, तीनजनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको बताए । सांसद भट्टराईले ताप्लेजुङमा पाँचजना बेपत्ता भएका जानकारी दिए ।

सांसदद्वय खड्का र भट्टराईले बाढीपहिरोले केही हाइड्रोपावर, सडकसहितको भौतिक संरचनामा क्षति पुगेको जानकारी दिए ।

यस्तै सांसद रामकुमार राई र अशोककुमार चौधरीले बाढीपहिरोबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १२ : ३२ बजे

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई