आदिपुरुष विवाद : खराब समीक्षा हटाउन पैसाको अफर  « Khabarhub

आदिपुरुष विवाद : खराब समीक्षा हटाउन पैसाको अफर 


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ओम राउतको फिल्म ‘आदिपुरुष’ सामाजिक सञ्जालमा मीम सामाग्री बनिसकेको छ । फिल्म रिलिज हुनासाथ इन्टरनेटमा यसको चर्को आलोचना भइरहेको छ । फिल्मको संवाददेखि लिएर ‘सीता भारतकी छोरी हुन्’ भन्ने सम्मका कैयौँ विवादमा फिल्म फसिसकेको छ।

अहिले भने नयाँ विवाद सुरु भएको छ । फिल्मका सदस्यले केही सामाजिक सञ्जाल प्रयोगकर्तालाई नकारात्मक समीक्षा हटाउनका लागि पैसाको अफर गरिरहेका छन् । ती सदस्यहरुले सामाजिक सञ्जालमा आफूलाई आएका अफरको स्क्रिनसट राख्न थालेका छन् ।

‘केही एजेन्सीहरुले मलाई टी–सिरिजआदिपुरुषको तर्फबाट सन्देश पठाइरहेका छन् । उनीहरूले मलाई तपाईंको ट्वीट डिलिट गर्नु भनेर भीख मागिरहेका छन् । यसको बदलामा उनीहरूले मलाई पैसाको अफर गरेका छन् । क्षमा गर्नुहोला, तपाईंले गलत मान्छे छनोट गर्नुभएको छ’, रोशन राय नामका ट्वीटर प्रयोगकर्ताले ट्वीट गरेका छन् ।

अर्का प्रयोगकर्ताले पनि आफूलाई निर्माताले पैसाको अफर गरेको दाबी गरेका छन् । ‘आदिपुरुष टिमले मलाई फिल्मको सकारात्मक समीक्षा लेख्न प्रति ट्वीट ६५ सय रुपैयाँ दिने कुरा गरेका छन् । तर म बिकाऊ होइन’, ती प्रयोगकर्ताले लेखेका छन् ।

तमाम विरोधका बाबजुद फिल्मले पहिलो दिन विश्वव्यापी रुपमा १ सय ४० करोड रुपैयाँको कारोबार गरेको छ । ओम राउत निर्देशित फिल्ममा प्रभास, सैफ अली खान, र कृति सेनन प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १ : ४३ बजे

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट