प्लास्टिकजन्य फोहर संकलन अभियान सञ्चालन « Khabarhub

प्लास्टिकजन्य फोहर संकलन अभियान सञ्चालन


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर संकलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत फोहर संकलन अभियान थालिएको हो ।

‘बिट प्लास्टिक पोलुसन’ भन्ने अभियानसहित गाउँपालिकावासी तथा विद्यार्थीले वर्षभरिको प्लास्टिकजन्य फोहर संकलन गरी तौलको आधारमा पुरस्कार दिने योजना अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । ‘प्लाष्टिकबाट हुने प्रदूषणले हाम्रो समुदायलगायत समग्र विश्व नै आक्रान्त पारिरहेको छ’ उनले भने, ‘गाउँपालिकाभित्रका प्रत्येक विद्यार्थीलाई घर तथा घर वरपरको प्लास्टिकजन्य फोहर संकलन गर्न आह्वान गरेका छौँ । विद्यार्थीले एकवर्षको अवधिमा संकलन गरेको फोहरको तौलको आधारमा आगामी वातावरण दिवसमा पुरस्कार दिनेछौँ ।’

पालिकाका अध्यक्ष सुवेदीका अनुसार अभियानमा गाउँपालिकाभित्रका २६ सामुदायिक विद्यालय र चार संस्थागत विद्यालयका तीन हजार विद्यार्थी संलग्न छन् । ‘कक्षा १ देखि १२ सम्मका विद्यार्थीले विद्यालयमा होस् या समुदायमा आफूले जति सक्छन् त्यति नै प्लास्टिकजन्य फोहर संकलन गरी राख्छन्’ उनले भने, ‘उनीहरुले संकलन गरेको फोहरको तौल गरी पुरस्कारस्वरूप रकम उपलब्ध गराउँछौँ ।’

गाउँपालिकाले सबै विद्यार्थीको नाममा खाता सञ्चालन गरी सोही खातामा रकम जम्मा गरिदिने तयारी गरिरहेको उनको भनाइ थियो ।

विद्यालयमा कक्षागतरुपमा विद्यार्थीले प्लास्टिकजन्य फोहर बोरामा संकलन गरी राख्ने र त्यसको व्यवस्थापन कक्षा शिक्षक तथा विद्यालयका प्रधानाध्यापकले गर्ने व्यवस्था मिलाइएको छ । ‘विद्यार्थीले संकलन  गरेको प्लास्टिकजन्य फोहर गाउँपालिकाले तौल गरेर खरिद गर्नेछ’ पालिकाका अध्यक्ष सुवेदीले भने, ‘उक्त फोहरलाई गाउँपालिकाले वर्गीकरण गरी पुनः प्रयोग वा बिक्रीको ब्यवस्था मिलाउने छ ।’

गाउँपालिकाले यो अभियान थालेसँगै विद्यार्थी उत्साहित भएर प्लास्किजन्य फोहर संकलनमा लागेका फेदीखोला–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक शोभाकान्त शर्माले बताए। ‘विद्यालय परिसरभित्र कतै प्लास्टिकजन्य फोहर देखे पनि बेवास्ता गर्ने विद्यार्थी अहिले नभनिकन टिप्न थालेका छन् ।’ उनका अनुसार विद्यार्थीले फोहर  कक्षागतरुपमा राखिएको बोरामा संकलन गर्ने गरेका छन् । 

विद्यालयका कक्षा १ देखि १२ सम्म विद्यार्थीले कक्षागतरुपमा छुट्टाछुट्टै बोरामा फोहर संकलन गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : ११ बजे

मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं–  सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका