भक्तपुरमा खेलकुद सप्ताह सुरु | Khabarhub Khabarhub

भक्तपुरमा खेलकुद सप्ताह सुरु


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०८० सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी शिक्षकहरू संलग्न भएका छन् । 

सप्ताहको उद्घाटन पहिलो अन्तर्राष्ट्रिय पदक पाउने महिला राष्ट्रिय धावक पुष्पा भण्डारीले गरेकी छन् । उद्घाटन कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद सप्ताह २०८० का संयोजक एसोसिएट प्रोफेसर सचिन श्रेष्ठलगायतले खेलकुद क्षेत्रका विभिन्न विषयमा चर्चा गरे । उनीहरूले पढाईका साथसाथै खेलकुदमा पनि महत्व भएकोबारे चर्चा गरे । 

खेलकुद सप्ताह अन्तर्गत फुटबल, भलिबल, कवर्डी, बास्केटवललगायतका झण्डै दुई दर्जन प्रतियोगिता चल्ने कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख एवं खेलकुद सप्ताह २०८० का संयोजक एसोसिएट प्रोफेसर श्रेष्ठले जनाए । उनका अनुसार प्रतियोगितामा कलेजको स्नातक तह विई तथा विआर्क तहमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीहरू गरी झण्डै दुई हजार सहभागी हुन्छन् ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने छ । कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरूलाई दैनिक रूपमा मेडल तथा प्रमाणपत्र वितरण हुन्छ । जुनजुन प्रतियोगिता सकिँदै जान्छ, त्यो त्यो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रतियोगिता सकेपछि मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिता असार ७ गतेसम्म चल्ने छ । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ५ : २५ बजे

राजतन्त्रको पक्षमा निस्केको आवाजबाट सर्तक हुनुपर्छ : महामन्त्री शर्मा

लुम्बिनी – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको

फिदिममा किरात गोल्डकप सुरु

पाँचथर – नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

मुगु – नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित

तनहुँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, तीन घाइते

तनहुँ – ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको

जनजाति महासङ्घको महाधिवेशन जेठमा

काठमाडौं – नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी