विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

आज असार ३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून १८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

नोभा काखोभका बाँध भत्किँदा १६ जनाको मृत्यु

नोभा काखोभका बाँध भत्किँदा बाढीमा परी १६ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् ।

युक्रेनको आन्तरिक मामिला मन्त्रालयले शनिबार जनाएअनुसार दक्षिणी युक्रेनको बाँध जुन ६ गते भत्किएको र गाउँहरू ध्वस्त भएका थिए । बाँध भत्किएर खेतबारीमा बाढी आउँदा हजारौँ मानिसलाई बिजुली र खानेपानीको आपूर्तिमा समस्या भएको थियो ।

कीभका अनुसार रुसले योजनाबद्धरुपले बाँधमा आक्रमण गरेको थियो । रुसले क्रिमियालाई पानीबाट वञ्चित गर्न र युद्धको मैदानबाट विचलित गराउन भौतिक संरचनामा आक्रमण गरेको दाबी गरेको छ ।

युक्रेनको आन्तरिक मन्त्रालयले दिएको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रबाट ३,६१४ जना मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरी खेरसन र माइकोलाइभ क्षेत्रका एक हजार तीन सय घर बाढीले डुबानमा परेका छन् ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेदेखि बाँध वरपरको क्षेत्र सबैभन्दा ठूलो विवादित क्षेत्रमध्ये एक बनेको छ ।

अफगानिस्तानमा सुरुङ विस्फोट हुँदा एक जनाको मृत्यु

अफगानिस्तानको पूर्वी वर्दक प्रान्तमा शनिबार विगतका युद्धबाट बाँकी रहेको खानी विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो एक जना व्यक्ति वर्दक प्रान्तको राजधानी मैदान शार शहरको सडकमा फोहोर जम्मा गर्ने क्रममा फोहोरको बीचमा लुकाइएको विस्फोटक पदार्थ विस्फोट हुँदा सो व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो ।

मृतककाे परिचय खुल्न सकेकाे छैन ।

पाकिस्तानको पञ्जाबमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शनिबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

राजमार्गमा जिल्लाको कल्लर कहार नजिकै बसको ब्रेक फेल भएर चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका मध्ये कम्तीमा पाँच महिला र तीन बालबालिका रहेका छन् । सो बस संघीय राजधानी इस्लामावादबाट पञ्जाबको प्रान्तीय राजधानी लाहोरका लागि जाँदै गरेको बेलामा दुर्घटना भएको हो ।

सूचना पाएपछि प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्‍याएका थिए । दुर्घटनाको सूचना गर्दै प्रधानमन्त्री शाहबाज सरिफले क्षतिप्रति गहिरो शोक र दुःख व्यक्त गरेका छन् ।

उनले दुर्घटनाको नबिन गर्न निर्देशन दिँदै घाइतेलाई आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

अवैध आप्रवासीमाथि बेलायतको कडाइ, छापास्थलमै पुगे प्रधानमन्त्री सुनक

बेलायतको गृह विभागका अधिकारीहरूले अवैध आप्रवासीहरूमाथि छापा मारेका छन्। सो क्रममा देशव्यापी खोज अभियानमार्फत २० देशका १ सय ५ विदेशी नागरिक पक्राउ परेका छन् ।

बेलायती गृह विभागले गरिरहेको छापाको अवलोकन तथा अनुगमन गर्नका लागि केही स्थानमा प्रधानमन्त्री ऋषि सुनक आफैँ सहभागी भएका थिए । प्रधानमन्त्री सुनक बुलेटप्रुफ भेस्ट लगाएर ब्रेन्ट (उत्तरी लन्डन) मा अध्यागमन प्रवर्तन अधिकारीहरूसँग गएका हुन् ।

उनले गृह विभागका अधिकारीहरूले गरिरहेको छापाको कामको अवलोकन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय मूलका बेलायती प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आम चुनावअघि नै अवैध आप्रवासीविरुद्धको कारबाहीलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् ।

देशका आन्तरिक मन्त्री सुएला ब्रेभरम्यानले भनिन्, ‘अवैध कामले हाम्रा जनतालाई हानी पुर्‍याउँछ, इमानदार कामदारलाई रोजगारीबाट ठगिएको छ र कर तिरेर सार्वजनिक कोषमा ठगी भएको छ । अध्यागमन प्रवर्तन अधिकारीहरूले सो अपरेशनको क्रममा बेलायतमा अवैध प्रतिष्ठानहरूमा छापा मारेका थिए ।

अधिकारीहरूले १ सय ५९ स्थानमा छापा मारेर १०५ विदेशी नागरिकलाई पक्राउ गरिसकेका छन् । उनीहरु रेस्टुरेन्ट, कार धुने, नेल बार, नाई पसल र सुविधा स्टोर लगायतका व्यवसायिक परिसरबाट पक्राउ परेका हुन् ।

अवैध कारोबार गर्ने, नक्कली कागजात राख्नेलगायतका कसुरमा अभियुक्त पक्राउ परेका छन् भने कतिपय ठाउँमा नगद समेत बरामद गरिएको छ । सो छापा हान्ने काम निरन्तर जारी रहने जनाईएको छ ।

अमेरिकाले रुसलाई खर्बौ रुपैयाँ तिरिरहेको खुलासा

रुस–युक्रेन युद्ध एक वर्षभन्दा बढी समयदेखि चलिरहेको छ तर दुवै देश हार मान्न तयार छैनन् । यस्तो अवस्थामा अमेरिकालगायत धेरै देश युक्रेनको साथमा छन् । रुसप्रति आक्रोश व्यक्त गर्न अमेरिकाले जीवाश्मा इन्धन खरिद बन्द गरेको थियो ।

तर, यसैबीच, अमेरिकाले रुसको आणविक एजेन्सीबाट हरेक वर्ष करिब १ अर्ब डलर (एक खर्ब ३० अर्ब) बराबरको इन्धन खरिद गरिरहेको एउटा चकित पार्ने मिडिया रिपोर्ट आएको छ ।

आणविक उर्जामा अमेरिकाको परनिर्भरता पहिलेको भन्दा बढ्दै गएको तथ्यांकले देखाउँदै लगेको छ किनभने अमेरिकामा कुनै पनि कम्पनीले युरेनियम उत्पादन गर्दैन । त्यसैले अमेरिका रुससँग सम्झौता गर्न बाध्य छ ।

वास्तवमा अमेरिकाले युरेनियमको प्रवर्द्धन र उत्पादन पूर्ण रूपमा रोकेको छ । यसतर्फ उसले कहिल्यै ध्यान दिएनन् । तर अब यसका कारण उसले रुससँग सम्झौता गर्नुपरेको छ । रुस र युक्रेनबीच युद्ध सुरु हुँदा अमेरिका र युरोपले धेरै प्रतिबन्धहरू लगाएका थिए ।

अमेरिकाले रुसबाट जीवाश्म इन्धन किन्न बन्द गर्ने निर्णय गरेको छ र यो निर्णयमा अडिग रहेको छ । तर, जब युरेनियमको कुरा आयो, अमेरिकाले रुससँग सम्झौता गर्नुपर्‍यो। यो सम्झौता नभएमा अमेरिका आफैं समस्यामा पर्ने बताइन्छ ।

विज्ञहरूका अनुसार अमेरिका र युरोपलाई युरेनियम उत्पादनमा आत्मनिर्भर बन्न एक वर्ष लाग्न सक्छ । विशेष कुरा के छ भने अमेरिका र युरोपेली देश मात्रै होइन, विश्वका करिब एक दर्जन देश आफ्ना आधाभन्दा बढी ऊर्जा कम्पनी सञ्चालनमा युरेनियमका लागि रुसमाथि निर्भर छन् । रूसी आणविक एजेन्सीले युक्रेनमा जापोरिझिया आणविक उर्जा प्लान्टको पनि कमाण्ड गर्दछ।

रोसाटमको सहायक कम्पनीहरूलाई युरेनियमको भुक्तानी गर्दछ । अमेरिकामा प्रयोग हुने युरेनियमको करिब एक तिहाइ अहिले विश्वकै सस्तो उत्पादक रुसबाट आयात गरिन्छ। बाँकी अधिकांश युरोपबाट आयात गरिन्छ। ओहायो प्लान्ट सञ्चालन गर्ने एक कम्पनीका अनुसार रोसाटमसँग प्रतिस्पर्धा गर्न अमेरिकालाइ एक दशकभन्दा बढी समय लाग्ने बताएको छ ।

युगाण्डाको विद्यालयमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पश्चिमी युगान्डाको एक माध्यमिक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सेज (एडीएफ) समूहले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

युगान्डाका अधिकारीहरूका अनुसार एडीएफ विद्रोहीहरूले शुक्रबार राति डीआरसीसँग सीमा जोडिएको मपोन्ड्वेस्थित ल्हुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गर्दा कम्तीमा ३७ विद्यार्थीको मृत्यु भएको थियो भने कम्तीमा आठ जना विद्यार्थीको अवस्था गम्भीर रहेको छ ।

आक्रमणकारीले छ जना विद्यार्थीलाई कब्जामा लिई आफूसँगै लगेका छन् ।

उपप्रवक्ता फरहान हकले एक विज्ञप्ति जारी गर्दै यस भयानक आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने बताएका छन् ।

महासचिवले मृतकका परिवार, युगान्डाको सरकार र जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै अपहरणमा परेकालाई तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

गुटेर्रेसले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) र युगान्डाबीचको सीमापार असुरक्षाको सामना गर्न र यस क्षेत्रमा दिगो शान्ति बहालीका लागि क्षेत्रीय साझेदारीमा वृद्धि सहित सामूहिक प्रयासको महत्वलाई दोहोर्याएका छन् ।

एडीएफ युगान्डाको विद्रोही समूह हो जुन पूर्वी कङ्गोको जङ्गलमा लुकेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।

यो मध्य अफ्रिकामा इस्लामिक स्टेटको एउटा शाखा हो । विद्रोही समूहलाई पूर्वी कङ्गोका गाउँहरूमा आतङ्क मच्चाएको आरोप लगाइएको छ ।

युगान्डा र कङ्गोका सेनालेसन् २०२१ को नोभेम्बरमा विद्रोही समूहविरुद्ध संयुक्त अभियान चलाएका थिए ।

अफगानिस्तानमा आगलागी हुँदा कम्तीमा २०० पसलमा क्षति

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तको एक ठूलो बजारमा आगलागी हुँदा करिब २०० पसलमा क्षति पुगेको प्रान्तीय शिल्पकार युनियनका प्रान्तीय प्रमुख अब्दुल वादूद फैजादाले शनिबार बताएका छन् ।

हेरात शहरको कास्र–ए–हेरात बजारमा स्थानीय समयानुसार शनिबार बिहान ३ बजे आगलागी भएको थियो । आगलागीमा परी साना ठूला गरी करिब २०० पसल र त्यहाँ रहेका सामानहरू जलेर नष्ट भएका छन् ।

“मुख्यतया लुगाफाटा र कस्मेटिक्स पसलहरू रहेको उक्त स्थानमा आगलागीका कारण करिब ११ करोड ६३ लाख अमेरिकी डलर बराबरको क्षति भएको प्ररम्भिक अनुमान गरिएको छ,” फैजादाले सिन्ह्वालाई भने।

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल लतिफ इन्साफका अनुसार शुक्रबार मध्यरातमा विद्युत चुहावटका कारण लागेको आगो केही घण्टाभित्रै दमकलका कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

“आगलागीबाट कुनै मानवीय हताहती वा क्षति नभएको तर स्थानीय व्यवसायीलाई ठूलो धनजनको क्षति भएको छ,” प्रवक्ता इन्साफकाले बताए ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : ०० बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन