खोप कार्यक्रम सहरभन्दा गाउँमा प्रभावकारी हुँदै « Khabarhub

खोप कार्यक्रम सहरभन्दा गाउँमा प्रभावकारी हुँदै


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाँकेमा बालबालिकालाई लगाइने विभिन्न खोप कार्यक्रम सहरमा भन्दा गाउँमा प्रभावकारी देखिएको छ । बालबालिकालाई लगाइएको खोपमध्ये राप्ती सोनारी गाउँपालिकामा एक जना मात्रै छुटेको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा एक सय ७७ खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

जिल्लाको खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा एक र डुडुवा गाउँपालिकामा एक बालबालिकाले खोप लगाउन छुटेको तथ्याङ्कले देखाएको छ । तर कोहलपुर नगरपालिका, बैजानाथ गाउँपालिका र नरैनापुर गाउँपालिकामा बालबालिकाले पूर्णरूपमा सबै प्रकार खोप लगाएका छन् । बालबालिकालाई लगाइने सबै प्रकारका खोप नलगाएको (ड्रप आउट) नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा बढी छ सय ९२ बालबालिका रहेका छन् ।

उनीहरूले केही खोप मात्रै लगाएका छन् । सबै प्रकारका खोप नलगाउने बालबालिका राप्ती सोनारीमा ५२, कोहलपुरमा ११, बैजनाथमा १८, खजुरामा एक सय ३१, जानकीमा ९५, डुडुवामा ३४, नरेनापुरमा दुई सय ६८ रहेको स्वास्थ्य कार्यालय, बाँकेले बताएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बालबालिकालाई १३ प्रकारका रोग लाग्न नदिन नौ प्रकार खोप लगाइएकोे जानकारी दिए । उनले विवाहित युवतीमा देखिने पाठेघरको क्यान्सर न्यूनीकरणका लागि खोप कार्यक्रम सञ्चालन हुने बताए । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले खोपमा सबैको पहुँच विस्तार गर्न आवश्यक भएको उल्लेख गर्दै बालबालिकाको स्वास्थ्यमा लगानी बढाइएको बताए । उनले भने, “खोप कार्यक्रममा किन कमजोरी भएको छ, यसको दीगो समाधान खोज्नुपर्छ ।”

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले खोप बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खोपको अवस्था हेर्दा पालिका तेस्रो स्थानमा रहेको बताए । राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रराज केसीले पालिकामा ९५ प्रतिशत बढी ‘कभरेज’ रहेको उल्लेख गर्दै नौ वडामा नै महिला स्वयंसेविकाको पहुँच रहेकाले बालबालिकाले सबै खोप लगाएको बताए ।

उनले भने, “सामाजिकरूपमा नै खोप नलगाए वडाबाट पाउने सेवा र सुविधा कटौती हुने भन्ने सन्देश गएकाले पनि खोप लगाउने छुटेका छैनन ।” राप्ती सोनारी गाउँपालिकाका वरिष्ठ अहेब शङ्करबहादुर डाँगीले गाउँघरका खोप केन्द्रमा फर्निचर नभएका कारण बालबालिकालाई भुइँमा बसालेर खोप लगाउनुपर्ने बाध्यता रहेको बताए ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ८ : २० बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले