ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु « Khabarhub

ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै हजारौं व्यक्ति विस्थापित भएका अधिकारीहरूले आइतबार बताएका छन् ।

बिहीबार र शुक्रबार रियो ग्रान्डे डो सुल राज्यमा आएको आँधीपछि ११ जनाको मृत्यु भएको छ भने अन्य १० जना हराइरहेका अधिकारीले बताए ।

मृत्यु हुनेमा एक चार महिनाको शिशु रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । उनीहरूले शक्तिशाली हावाहुरीले एउटा कार चिहानमा बगाएको फुटेज प्रसारण गरेका थिए ।

साओ लियोपोल्डो शहरकी एक महिलाले आफ्नो नाम उल्लेख नगरिकन एस्टादाओ पत्रिकासँग भन्नुभयो, “घरभित्र हाम्रो कम्मरसम्म पानी आयो । अग्निनियन्त्रकहरू तुरुन्तै आए र हामीलाई डुङ्गामा चढाएर बाहिर निकाले । यसका लागि हामी ईश्वरप्रति आभारी छौँ ।” उनले एउटा अकल्पनीय सपनाजस्तो घटना भएको बताए । अन्य लाई हेलिकप्टरबाट बाहिर निकालिएको छ ।

बिहीवारदेखि शुक्रबारसम्म आएको चक्रवातका कारण तीन हजार ७१३ जनाको घर क्षतिग्रस्त भएको र उनीहरूमध्ये ६९७ जनालाई जोखिममा रहेका क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १० : २८ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली