ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु « Khabarhub

ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै हजारौं व्यक्ति विस्थापित भएका अधिकारीहरूले आइतबार बताएका छन् ।

बिहीबार र शुक्रबार रियो ग्रान्डे डो सुल राज्यमा आएको आँधीपछि ११ जनाको मृत्यु भएको छ भने अन्य १० जना हराइरहेका अधिकारीले बताए ।

मृत्यु हुनेमा एक चार महिनाको शिशु रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । उनीहरूले शक्तिशाली हावाहुरीले एउटा कार चिहानमा बगाएको फुटेज प्रसारण गरेका थिए ।

साओ लियोपोल्डो शहरकी एक महिलाले आफ्नो नाम उल्लेख नगरिकन एस्टादाओ पत्रिकासँग भन्नुभयो, “घरभित्र हाम्रो कम्मरसम्म पानी आयो । अग्निनियन्त्रकहरू तुरुन्तै आए र हामीलाई डुङ्गामा चढाएर बाहिर निकाले । यसका लागि हामी ईश्वरप्रति आभारी छौँ ।” उनले एउटा अकल्पनीय सपनाजस्तो घटना भएको बताए । अन्य लाई हेलिकप्टरबाट बाहिर निकालिएको छ ।

बिहीवारदेखि शुक्रबारसम्म आएको चक्रवातका कारण तीन हजार ७१३ जनाको घर क्षतिग्रस्त भएको र उनीहरूमध्ये ६९७ जनालाई जोखिममा रहेका क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १० : २८ बजे

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट