नेपाल र चीनका अर्थमन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

नेपाल र चीनका अर्थमन्त्रीबीच भेटवार्ता


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ ।

भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमबार अर्थमन्त्री महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

मन्त्री महतको सचिवालयकाअनुसार एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष संवेदनशील रहेको बारेमा समान धारणा रहेको छ । भेटका क्रममा मन्त्री महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिले गरेको सहयोग प्रतिबद्धताबारे पनि दुई देशका अर्थमन्त्रीबीच कुराकानी भएको जनाइएको छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटका अवसरमा मन्त्री महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाबाट दुई देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरे ।

सुरुङमार्गको प्रसङ्गमा टोखा–छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने उनले आशा व्यक्त गरे । चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ६ : ५३ बजे

विमानस्थलको समस्याबारे समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय

त्रुटि सच्याएर मात्रै विद्यालयका पाठ्यपुस्तकका छाप्न अनेरास्ववियुको माग

काठमाडौं- विद्यालय तहका पाठ्यपुस्तकका त्रुटी आगामी शैक्षिक सत्रदेखि सच्याउन अनेरास्ववियुले

पोखराका मेयरको गुनासो- मलाई दुबई एयरपोर्टमा हेपियो, हप्कीदप्की गरियो

पोखरा- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफूलाई दुबई एयरपोर्टमा हप्कीदप्की

नेप्सेमा सूचीकृत ६३ कम्पनी घाटामा

काठमाडौं – गत वर्ष असोज २४ गते सोनापुर मिनरल्स एण्ड

विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जापानी निकायबीच सहकार्य हुने

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका