स्कटल्याण्डको समुद्री तटमा ५० ह्वेल माछाहरू मृत भेटिए « Khabarhub

स्कटल्याण्डको समुद्री तटमा ५० ह्वेल माछाहरू मृत भेटिए


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

स्कटल्याण्ड– स्कटल्याण्डको पश्चिमी टापुको समुद्री तटमा फसेका करिब ५० पाइलट ह्वेल मरेको अवस्थामा फेला परेका छन् ।

समुद्री किनारमा ठूलो मात्रामा ह्वेल फसेको फेला परेपछि उद्धारकर्मीहरूलाई बोलाइएको थियो । उद्धारकर्मीले १५ ह्वेलको भने जीवितै उद्धार गरेका थिए । तर तीनवटा भने केही समयपछि मरेका थिए । जीवित ह्वेलहरूमध्ये ८ वयस्क र ४ बच्चाहरू रहेका छन्।

मिडिया रिपोर्टहरूका अनुसार राम्रो उद्देश्यको बावजुद उद्धारकर्ताहरूले बाँकी ह्वेलहरूलाई पानीमा फिर्ता ल्याउन असमर्थ भएका थिए। 

रिपोर्टहरूका अनुसार टापुको दुर्गमताका कारण चिकित्सा र उद्धारकर्मीहरूले उद्धार संयोजकहरूसँग कुराकानी गर्न सङ्केतहरू प्राप्त गर्न पाँच माईलसम्म ड्राइभ गर्नुपरेको थियो।  ह्वेल मर्नुको कारणबारे स्पष्ट रुपमा केही खुलेको छैन ।

गत वर्ष न्यूजील्याण्डमा दुई छुट्टाछुट्टै घटनामा करिब ५०० पाइलट ह्वेल मरेका थिए । यसपछि गत वर्ष अष्ट्रेलियामा पनि म्याक्वेरी हार्बर नजिक २३० ह्वेल फसेका थिए, जसमध्ये २ सयको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ७ : ४० बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच