रुसमा सरकारी अधिकारीलाई एप्पलका आइफोनमा प्रतिबन्ध  « Khabarhub

रुसमा सरकारी अधिकारीलाई एप्पलका आइफोनमा प्रतिबन्ध 


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसले अमेरिकाले फोनमार्फत उनीहरूमाथि नजर राखेको बताएको छ । अमेरिकाले आफूमाथि निगरानी गरेको दाबी गर्दै रूसले सरकारी अधिकारीहरूलाई एप्पल आईफोन प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

मिडिया रिपोर्टहरूका अनुसार रुसको संघीय सुरक्षा सेवा (एफएसएस) ले हजारौं अधिकारीहरूलाई आईफोन र आईप्याडजस्ता एप्पलका अन्य उत्पादनहरू प्रयोग गर्न बन्द गर्न आग्रह गरेको हो ।

फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार जुलाई १७ देखि रुसको व्यापार मन्त्रालयका कर्मचारीहरूले काममा आईफोन प्रयोगमा प्रतिबन्ध लागेको हो । प्रतिवेदनमा स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘मन्त्रालयका सुरक्षा अधिकारीहरूले अर्थात् एफएसबीले आइफोनलाई अब सुरक्षित नमान्ने र यसको विकल्प खोज्नुपर्ने घोषणा गरेको छ।’

एफएसबी र अन्य रुसी अधिकारीहरूले अमेरिकाले उनीहरूको उपकरणहरू तार ट्यापिङको लागि प्रयोग गर्न सक्ने जनाए।

गत मार्चमा क्रेमलिनले अधिकारीहरूलाई एप्पलका उत्पादनहरू प्रयोग गर्न बन्द गर्न भनेको थियो । उनीहरूका अनुसार एप्पलका सामानहरू अमेरिकी ह्याकिङका लागि प्रयोग हुन सक्छ भन्ने उनीहरूमा डर देखा परेको थियो।

गत महिना रुसी सरकारले एप्पलमाथि अमेरिकी गुप्तचर निकायसँग काम गरेको आरोप लगाएको थियो । यो दाबीलाई टेक दिग्गजले कडा रूपमा अस्वीकार गरेको छ। एप्पलले कुनै पनि एप्पल उत्पादनका लागि कम्पनीले कुनै पनि सरकारसँग कुनै काम नगरेको बताएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ७ : ५३ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले