मस्को– रुसले अमेरिकाले फोनमार्फत उनीहरूमाथि नजर राखेको बताएको छ । अमेरिकाले आफूमाथि निगरानी गरेको दाबी गर्दै रूसले सरकारी अधिकारीहरूलाई एप्पल आईफोन प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
मिडिया रिपोर्टहरूका अनुसार रुसको संघीय सुरक्षा सेवा (एफएसएस) ले हजारौं अधिकारीहरूलाई आईफोन र आईप्याडजस्ता एप्पलका अन्य उत्पादनहरू प्रयोग गर्न बन्द गर्न आग्रह गरेको हो ।
फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार जुलाई १७ देखि रुसको व्यापार मन्त्रालयका कर्मचारीहरूले काममा आईफोन प्रयोगमा प्रतिबन्ध लागेको हो । प्रतिवेदनमा स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘मन्त्रालयका सुरक्षा अधिकारीहरूले अर्थात् एफएसबीले आइफोनलाई अब सुरक्षित नमान्ने र यसको विकल्प खोज्नुपर्ने घोषणा गरेको छ।’
एफएसबी र अन्य रुसी अधिकारीहरूले अमेरिकाले उनीहरूको उपकरणहरू तार ट्यापिङको लागि प्रयोग गर्न सक्ने जनाए।
गत मार्चमा क्रेमलिनले अधिकारीहरूलाई एप्पलका उत्पादनहरू प्रयोग गर्न बन्द गर्न भनेको थियो । उनीहरूका अनुसार एप्पलका सामानहरू अमेरिकी ह्याकिङका लागि प्रयोग हुन सक्छ भन्ने उनीहरूमा डर देखा परेको थियो।
गत महिना रुसी सरकारले एप्पलमाथि अमेरिकी गुप्तचर निकायसँग काम गरेको आरोप लगाएको थियो । यो दाबीलाई टेक दिग्गजले कडा रूपमा अस्वीकार गरेको छ। एप्पलले कुनै पनि एप्पल उत्पादनका लागि कम्पनीले कुनै पनि सरकारसँग कुनै काम नगरेको बताएको छ ।
प्रतिक्रिया