भलिबल टिमको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त | Khabarhub Khabarhub

भलिबल टिमको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको कप्तानमा नियुक्त गरेको छ ।

संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो । 

सन् २०१५ बाट राष्ट्रिय टोलीमा छिरेका श्रेष्ठ नेपालले खेलेका पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिगमा भाग लिएका छन् । 

नेपालले २०१७ मा माल्दिभ्समा सेन्ट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए ।

गएको महिना नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाइएपछि श्रेष्ठलाई नियुक्त गरिएको हो । 

काठमाडौंमा भर्खरै सम्पन्न सातौँ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशासन भंग गरेको आरोपमा थापा कप्तानबाट हटाइएका हुन् । 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ८ : ५५ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा