कृषकलाई अनुदानमा कृषि एम्बुलेन्स सहयोग | Khabarhub Khabarhub

कृषकलाई अनुदानमा कृषि एम्बुलेन्स सहयोग


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको इच्छाकामना गाउँपालिकाले कृषकका लागि अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको छ । इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगत्प्रसाद भुसाल, वडा नम्बर २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ, वडा नं ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले कृषक समूहका अध्यक्ष एकबहादुर चेपाङलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।

इच्छाकामनाको पहाडी भेगका कृषकले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज ढुवानीका लागि आर्थिक वर्ष २०७९–८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको हो । एम्बुलेन्सको लागत ‘भ्याट’सहित २५ लाख ३४ हजार नौ सय ९९ रुपैयाँ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए ।

उनका अनुसार लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले लगानी गरेको छ भने बाँकी २५ प्रतिशत रकम हपनी कृषक समूहले व्यहोरेको छ । गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानले आफ्नो उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

एम्बुलेन्स सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नम्ब। १ र २ का काउले, हपनी, मायाटारलगायतका पहाडी भू–भागमा रहेका किसान लाभान्वित हुने जनाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ९ : ०८ बजे

विदेशिने लर्को देख्दा भविष्यको चिन्ता लाग्छ

काठमाडौं – कमल खत्री नेपाली आधुनिक पप संगीतको क्षेत्रमा स्थापित

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

गलकोट– बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर केसीको नाम  मौरीपालन व्यवसायमा चर्चित

हेटौँडा यातायात कार्यालयबाट ५७ करोड राजस्व संकलन

बागमती– यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१-८२ मा ५७

हितेन्द्रले भने- संकटग्रस्त मधेशका डिप बोरिङ जडान हुने स्थानमा छिटो विद्युतको पहुँच पुर्‍या‍औँ

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुख्खा संकटग्रस्त

एमाले कार्यकर्तासहित १६ जना प्रवेश गरे एकीकृत समावादीमा

काठमाडौं- नेकपा एमालेका कार्यकर्तासहित १६ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा