पूर्व कमैयाको अवस्थामा सुधार नहुनु दुःखद् : मुख्यमन्त्री चौधरी « Khabarhub

पूर्व कमैयाको अवस्थामा सुधार नहुनु दुःखद् : मुख्यमन्त्री चौधरी


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन् ।

२३औँ मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरमा २७ हजार पाँच सय ७० कमैया मुक्त घोषणा भए पनि अझै पनि पूर्णरूपमा मुक्त हुन नसकेको बताए ।

मुक्त कमैयाका समस्या समाधानका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने मुख्यमन्त्री चौधरीको भनाइ छ । विसं २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको थियो ।

यसैबीच, लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मुक्त कमैयालाई राजगारीमा जोड्नका लागि बजेट विनियोजन गरेको जानकारी दिए । मुक्त कमैया दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै उनले कमैयालाई रोजगारीमा जोड्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए ।

उनले कमैया मुक्त भए पनि उचित व्यवस्थापन हुन नसक्नु दुःखद् रहेको जनाउँदै त्यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताए ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ९ : २७ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार