ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद सेयर ल्याउने « Khabarhub

ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद सेयर ल्याउने


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ङादी ग्रुप पावरले साउन १४ गते विशेष साधारण सभा बोलाएको छ । सभा, लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदैछ ।

यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले यसअघि नै शतप्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाइसकेको छ ।

हाल ङादी ग्रुपको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

यसले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत सम्भार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ । सभा प्रयोजनका लागि यसले बिहीबार साउन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, बुधबार साउन ३ गतेसम्म कायम सेयरधनी विशेष सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : ५८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्