३ दिने फोटो पत्रकारिता तालीम शुरु « Khabarhub

३ दिने फोटो पत्रकारिता तालीम शुरु


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फोटो पत्रकारका लागि तीन दिने फोटो पत्रकारिता तालीम शुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना, राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) को सहकार्यमा मंगलवारदेखि काठमाडौँमा उक्त तालिम शुरु भएको हो । 

विभिन्न सञ्चारमाध्यमममा कार्यरत ५५ जना पत्रकारहरूको सहभागिता रहेको तालीममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित नेपालको पर्यटन तथा पर्यटन पत्रकारिताको बारेमा समेत प्रशिक्षण दिइने छ । यस्तै तालीममा पर्यटन फोटो पत्रकारिताका क्षेत्र, पर्यटन पत्रकारिता यसका नयाँ आयाम तथा प्रयोगबारे प्रशिक्षण हुने परियोजनाले जानकारी दिएको छ ।

तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा फोटो पत्रकारका लागि यो तालिम आयोजना गरिएको र यसले पर्यटन वीटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरू लाभान्वित हुने अपेक्षा गरिएको बताए । ‘ पर्यटनको लागि फोटो आफैमा महत्वपूर्ण विषय हो । 

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले फोटो पत्रकारिता पर्यटन प्रर्वद्धनको महत्वपूर्ण साधन भएको र तालिमले फोटो पत्रकारहरुमा थप निखार ल्याउने अपेक्षा गरेको बताए । जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिवीकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले अन्य क्षेत्रको तालिमसँगै फोटो पत्रकारिताको क्षेत्रमा पनि पत्रकारहरूको क्षमता अभिवृद्धि होस भन्ने उद्देश्यले यस प्रकारको तालीम आयोजना गरिएको बताए । उनले  यस अघि पनि पत्रकार महीलाहरुकोमात्र सहभागितामा फोटा पत्रकारिता तालिम तालीम सम्पन्न भएको जानकार दिए ।

तालिमको पहिलो दिन नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टी.पी. भुसालले नेपालको कला, संस्कृति, नेपालको समग्र पर्यटनका साथै पर्यटन पत्रकारिताका क्षेत्र, पत्रकार आचारसंहीता लगायतका विषयमा बारेमा प्रशिक्षण दिएका थिए । यस्तै अर्का प्रशिक्षक किशोर श्रेष्ठले क्यामेराको सञ्चालन, फोटोको महत्व यसका सैद्धान्तिक  तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिएका थिए । सहभागीलाई बुधबार सुन्धारा, बसन्तपुर, रानी पोखरी लगायतका स्थानमा लगी प्रयोगात्मक कक्षा सञ्चालन गरिने एनएफपीजेका सदस्य तथा तालीम संयोजक प्रदीप कुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ५ : १८ बजे

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको

पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने