राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने « Khabarhub

राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने  भएको छ । 

मोदी थरलाई लिएर काङ्ग्रेस नेता गान्धीले गरेको टिप्पणीबाट आफूहरूको मानहानि भएको भन्दै भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले दायर गरेको उजुरीलाई सदर गर्दै सुरत अदालत र गुजरात उच्च अदालतले गान्धीलाई दोषी  ठहर्‍याएका थिए । 

सुरत अदालतको निर्णयसँगै नेता गान्धीको लोकसभा सांसद पद खारेज भएको थियो । आफूले चुनावी सभामा मोदी थरलाई लिएर गरेको टिप्पणीको अपख्याख्या भएको उल्लेख गर्दै तल्ला अदालतले गरेका निर्णयलाई चुनौती दिँदै उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।

 उनका वकिलहरूका अनुसार उक्त अदालतले आगामी शुक्रबार सुनुवाइ गर्ने जानकारी दिएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ५ : २३ बजे

ठमेलमा बढ्यो भारतीय पर्यटकको चहलपहल, पर्यटन व्यवसाय चलायमान

काठमाडौं- सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको

नेप्से परिसूचक २४ अंकले बढ्यो

 काठमाडौं– धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०२६/२७ मा मुलुकको

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर