शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्नुहोस् | Khabarhub Khabarhub

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्नुहोस्


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्।

साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ।

यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ। व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ।

यिनीहरुको व्रत विधि भने अलग-अलग हुन्छन्। यो दिन सेतो कपडा लगाउनु पर्छ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ। शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख-शान्ति तथा मनोकांक्षा पूरा हुनेछ।

शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ। रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ।

शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ। शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ५ : ३७ बजे

अर्थसंक्षेप : नेप्सेमा दोहोरो अंकको वृद्धि, सुनको मूल्य एकैदिन १६ हजारले घट्यो

काठमाडौं– नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा भारी गिरावट

शंकर पोखरेलको जिकिर : प्रचण्ड नेतृत्वको सरकारका कारण देश आर्थिक संकटमा पर्‍यो

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले

युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा ड्रोन हमला

एजेन्सी – युक्रेनले सोमबार रूसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा

पाँचखालमा ‘सेज’ निर्माण सुस्त

काभ्रेपलाञ्चोक – पाँचखालमा छ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक

पुल नबन्दा स्थानीयलाई सास्ती

कुनौली – सप्तरीको राजगढ गाउँपालिका–६ स्थित मुतनीखोलामा बरदाही र कुरनमा