घरको भित्तामा दौडिरहेका सात घोडाको तस्वीर किन राखिन्छ ? « Khabarhub

घरको भित्तामा दौडिरहेका सात घोडाको तस्वीर किन राखिन्छ ?


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


46.8k
Shares
  • change font
  • change font
  • change font

हामीले विशेष गरी शहरी क्षेत्रमा बस्ने मानिसका घर, कोठा, अफिस तथा विभिन्न भवनका भित्तामा समुद्रमा दौडिरहेका सात घोडाको तस्वीर देख्ने गरेका छौँ । के तपाईँलाई थाहा छ यो तस्वीर किन राखिन्छ ? आज हामी तपाईँलाई यसैको महत्व र प्रभावबारे जानकारी गराउने छौँ ।

नेपाली वास्तु शास्त्रअनुसार सातको अङ्कलाई निकै शुभ मानिन्छ । सप्तर्षि, इन्द्रेणीको सात रङ्ग, सात वचन, सात बार आदि कुराहरूले सात अङ्कको महत्वलाई दर्साउँछ । त्यसैले सात घोडा भएको तस्वीर आफ्नो घरको बैठक कोठामा लगाउनु वा अफिसका भित्तामा लगाउनु पनि निकै शुभ मानिन्छ ।

यो चित्र घरको भित्तामा राख्दा नकारात्मक ऊर्जालाई हटाइ सकारात्मक ऊर्जा र सोचको सिर्जना गर्दै उक्त घरमा लक्ष्मीको बास, सुख र समृद्धि हुने मान्यता छ । वास्तु शास्त्रका अनुसार दौडिरहेका घोडा गति, सफलता र सामर्थ्यको प्रतीक हुन् । यसले जीवनमा उन्नति गराउँछ ।

वास्तु शास्त्रमा दौडिरहेको घोडाको प्रतीकलाई सफलता, दूरदर्शिता, चतुर्‍याइँ तथा तागतको रूपमा व्याख्या गरिएको छ ।

यसलाई आत्मविश्वास र शुभ सूचक पनि मानिन्छ । जसले यी दौडिरहेका घोडाहरू बारम्बार देख्छन् र स्मरण गर्छन् उनीहरूले कुनै पनि काम तथा शिक्षामा राम्रो प्रगति गर्न सक्छन् । 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ६ : ३७ बजे

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर