पहिरोले मेचीराजमार्ग अवरुद्ध « Khabarhub

पहिरोले मेचीराजमार्ग अवरुद्ध


१ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– गए राति गएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ ।

खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए । आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘ठाउँ ठाउँमा पहिरो झरेको छ, बिहानैदेखि पन्छाउने कार्य भइरहेको छ, सम्भवत आजै यातायात सञ्चालनमा आउन सक्छ ।’

सडक अवरुद्ध बनेपछि ताप्लेजुङ सदरमुकामबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र सदरमुकाम भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन् ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ७ : ४० बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर