पहिलो टी–ट्वेन्टीमा न्यूजिल्यान्डसँग यूएई पराजित « Khabarhub

पहिलो टी–ट्वेन्टीमा न्यूजिल्यान्डसँग यूएई पराजित


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेको न्युजिल्याण्डले टी–ट्वेन्टी शृङ्खलाको पहिलो खेलमा जित निकालेको छ । गएराति दुबईमा भएको खेलमा घरेलु टोली यूएईलाई १९ रनले हराउँदै न्युजिल्याण्ड विजयी भएको हो ।

यो जितसँगै तीन खेलको शृङ्खलामा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ । 

न्युजिल्याण्डले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको यूएई १९ ओभर ३ बलमा १ सय ३६ रनमा अल आउट भयो । यूएईका लागि अर्यांश शर्माले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै, अली नासिर, वृत्य अरविन्द र आसिफ खानले १३÷१३ रन बनाए । अंश टन्डन १२ रनमा आउट भए ।

न्यजिल्याण्डका कप्तान टिम साउथीले सर्वाधिक ५ विकेट लिए । यस्तै, मिचेल सान्टनरजेम्श निसमले समान २–२ तथा कायल जेमिसनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो । न्युजिल्याण्डको  जितमा  टिम सिफर्टले ५५ रनको अर्धशतकीय ईनिङ खेले ।

यूएईका लागि जुनैद सिद्दिकबासिल हामिदले समान २–२ विकेट तथा जहुर खान र मोहम्मद फराजुदीनले समान १–१ विकेट लिए । अब दोस्रो खेल भोलि हुनेछ । 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ७ : ५८ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले