प्रशिक्षकको आत्मबल र टोलीको भाग्य | Khabarhub Khabarhub

प्रशिक्षकको आत्मबल र टोलीको भाग्य


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हंगेरीको बुढापेस्टमा यो वर्षको सबै भन्दा ठुलो खेल महोत्सव विश्व एथलेटिक्स च्याम्पियनसिपको आयोजना हुँदैछ।

संसारले सिड्नी म्याकगाउलीनको चार सय मिटरमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेर बसेको समयको उनको घुँडाको चोटले ठुलो चिन्ता थपेको छ।

माइकल नोरम्यानले चोटका कारण चार सय मिटरमा उपाधिको रक्षा नगर्ने भएका छन् । उनी पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्।

अहिलेको चर्चा भने सन् २०१२ यता बेलायतको चार गुणा सय मिटर रिलेको यात्रा र पथको। त्यो यात्रामा सन् २०१२ मा भएको युरोपेली च्याम्पियनसिपमा डिसक्लावीफाइड भए पछिको दुर्घटना तथा ओलम्पिकमा गुमाइएको सहभागिताको अवसर पनि मुख्य कारक थियो।

त्यसको एक वर्षपछि मस्कोमा भएको विश्व च्याम्पियनसिपमा बेलायतको कास्य पदक र अघि बढेको दिनको चर्चा अहिले पनि हुने गरेको छ।

सन् २०१२ को युरोपेली च्याम्पियनसिपमा बेलायत लेनमा गडबडी गरेका कारण अयोग्य घोषित भएको थियो। त्यसपछि विश्व वरीयता क्रममा १७ औं स्थानमा पुगेको थियो।

सन् २०१२ मा लन्डनकै ओलम्पिकको आयोजना भएको थियो। रिलेमा विश्वका शीर्ष १६ टोलीले अवसर पाए पनि त्यो गल्तीका कारण बेलायत १७ औं स्थानमा धकेलिएको थियो। जसले घरेलु भूमिमै सहभागिता जनाउन उनीहरू चुके।

त्यस समयमा प्रशिक्षक थिए, नेदरल्यान्ड्सका भान कमिन। उनले विशेष प्रशिक्षण कार्यक्रम सुरु गरेका थिए। उनले त्यस सामान्य गल्तीकै कारण ठुलो क्षति भएकाले केही वर्ष अघि केही रकमको व्यवस्था गरेर प्रशिक्षण सुरु गरेको भए हुने भन्ने भान थियो।

लन्डन ओलम्पिकमा पदकको लक्ष्य राखेको स्पर्धामा छनोट नै नभएका कारण अर्को वर्ष भान कमिनले राजीनामा दिएका हुन्।

यसपछि सन् २०१३ मा बेलायती महिला रिले टोली कमब्याक गर्दै मस्कोको विश्व च्याम्पियनसिपमा कास्य पदक जित्न सफल भएको थियो। त्यो नतिजालाई नै बेलायती इतिहासकै सफल परिणामको सुरुवात भन्ने गरिन्छ।

त्यसपछि विश्व एथलेटिक्समा लगातार एउटा तहमा रहेकी डिना एसर स्मिथले सन् २०१९ को दोहा विश्व च्याम्पियनसिपमा अर्को सफलता पाइन्।

उनी ३६ वर्षको अन्तरालमा प्रमुख प्रतियोगितामा व्यक्तिगत पदक जित्ने पहिलो बेलायती स्प्रिन्टर हुन सफल भइन्। बुढापेस्टको विश्व च्याम्पियनसिपमा पनि उनलाई पदकको दाबेदार मानिएको छ।

त्यो सफलताको कथा कसरी सुरु भएको थियो भन्ने अहिले धेरैलाई सम्झना छ। मस्को विश्व च्याम्पियनसिप भन्दा अघि बेलायतले प्रिन्टमा केही सफलता पाएको थियो।

डोरोथी मेन्ली र एन्ड्रयु विल्सनले सन् १९४८ को ओलम्पिकमा रजत पदक जितेका थिए। ड्रोथ इलम्यालने सन् १९६० को ओलम्पिकमा सय र दुई सय मिटरमा सफलता पाएका थिए।

सन् १९८० भन्दा अघि विश्व च्याम्पियनसिप तथा ओलम्पिकमा पाएका चार पदकका छोटो शृङ्खला नै हो यो।

युरोपियन च्याम्पियनसिपमा अवसर गुमाइ सकेपछि कोम्यानले लबीमा आएर पत्रकारसँगको कुराकानीमा गल्तीलाई स्कुले केटीको जस्तो गल्ती भएको प्रतिक्रिया दिएकी थिइन। उनले रिले कार्यक्रमका लागि फन्डीङ रोक्ने विवादास्पद काम गरेका थिए।

त्यसको दुई वर्षपछि त्यही रिलेमा गल्ती गरेकी हेली मिल्सले प्रशिक्षक र बेलायत एथलेटिक्स संघले धेरै प्रतियोगिताको अवसर नदिएका कारण सो गल्ती भएको जनाएकी थिइन्। मिल्सले सबैले आफ्नो आफ्नो जिम्मेवारी पुरा नगरेको कारण सो दुर्घटना भएको बताएकी थिइन्।

सन् २०१३ मा अमेरिकाका राना रेइडरले टोलीको प्रशिक्षक सम्हालेका थिए। देशमा नाम चलेको स्प्रिन्टरमा कुनै उत्साह नै थिएन। यसले उनलाई अचम्ममा पारेको थियो। उनले साउडब्रगमा सबै महिला धाविकालाई बैठक डाके। त्यहाँ ४० जना बोलाइएका थिए, २० जना मात्र उपस्थित भएका थिए।

मस्कोको विश्व च्याम्पियनसिपमा पदक जित्ने रिले टोलीकी सदस्य अनाबल लेविस अहिले पनि त्यो दिन सम्झँदै भन्छिन्, ‘मबाट के खोजिएको छ भन्ने बुझेँ र मैले त्यसै अनुसार तयारी गरेँ।’

सन् २०१३ मा रानाले टोलीको जिम्मेवारी लिने बित्तिकै मानसिकतामा नै परिणत गरिदिने सोच बनाए। रिलेमा त अझ त्यो आवश्यक छ नै।
त्यसपछि रानाले साताको अन्त्यमा सबै स्प्रिन्टरलाई बेलाएर रिलेको तयारी गरे।

सबैले आफूलाई बेलायती टोलीको सदस्यको रूपमा लिन थाले। यसले टोलीमा अभूतपूर्व एकता भाव ल्याएको थियो। रानाले एउटै कुर भन्ने गरेका थिए, ‘जतिसुकै छिटो र छरितो भए पनि एकताको भाव नआएसम्म टोलीमा अवसर दिइने छैन।’ रानाको त्यसै सोचले बेलायतलाई एउटा अगाडिको बाटोमा लगेको थियो।

मस्कोमा भएको विश्व च्याम्पियनसिपमा रिलेमा बेलायती टोलीको कुनै खास लक्ष्य नै थिएन। युरोपियन जुनियर एथलेटिक्स च्याम्पियन सीपमा भर्खरै दुई स्वर्ण पदक जितेकी एसर स्मिथ १७ वर्षीया थिइन्। त्यस वर्षको गृष्मसम्ममा ११.३० सेकेन्डको अन्तर्राष्ट्रिय मापदण्ड लेविसले मात्र पार गरेकी थिइन्।

एनीयके आनुराले व्यक्तिगत स्पर्धाकै क्रममा चोट बोकेपछि उनी बाहिरिएकी थिइन्। अनुभवी खेलाडी नेल्सन मात्र अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव भएकी खेलाडी बाँकी थिइन्।

त्यस समयमा डिनाबाट धेरै जोखिम महसुस भएको थियो। एकदमै कम उमेरको उनको अनुभवको अभाव नै धेरैको चिन्ताको कारण थियो।

उनीहरूले एउटा नीति लिएका थिए, आफू जतिसक्दो चाँडो लिने र पदकको कुनै अपेक्षा नै नगर्ने बेलायती नीति थियो।

हिट चरणमा छैटौँ भएर फाइनल पुगेको बेलायत फाइनलमा एक ल्याप बाँकी रहँदा दोस्रो स्थानमा थियो। अन्तिम ल्यापमा अमेरिका र फ्रान्सले बेलायतलाई पछि छाडेपछि चौंथो भएको थियो।

पदक वितरण सकिएपछि बेलायती टोलीले ब्याटन हस्तान्तरणमा गल्ती गरेको भन्दै फ्रान्सको विरुद्धमा आवेदन दिएको थियो।

होटेलमा बसीरहेको समयमा पदक वितरणको दुई घण्टापछि बेलायती अयोग्य घोषित भएको समाचार पत्याउन खेलाडीलाई सुरुमा कठिनसमेत भएको थियो।

अर्को वर्ष बर्मीङघममा भएको इनडोर ग्रान्डप्रिक्समा खेलाडीलाई सो कास्य पदक दिइएको थियो।

मस्कोको त्यो सफलताले बेलायती महिला स्प्रिन्टरलाई उत्साह दिएको थियो। सोही उत्साह पछि डिना स्थिमले सय र दुई सय मिटरमै विश्व च्याम्पियनसिपमा पदक जितीसकेकी छन्।

अहिले स्मिथको सफलताले पनि बेलायतलाई प्रेरित गरेको छ। साथमा मिल्सको जीवनमा त एउटा नाटकीय परिवर्तन नै रानाले ल्याएका थिए।

मिल्सले सन् २०१३ को मस्कोमा सहभागिता जनाउने अपेक्षा नै कम गरिएको थियो। तर मिल्सले पनि आफूलाई सम्हालेर फेरि टोलीलाई सफलता दिलाएकी हुन्। अहिले डिनाले टोली छाडे पनि कुनै चिन्ता छैन। किनकी बेलायतले युवा महिला स्प्रिन्टरको कार्यक्रम नै चलाएको छ।

यो परिवर्तनको मुख्य टर्निङ प्वाइन्ट सन् २०१३ मा रानाले दिएको आत्मबल नै हो। उनले बनाएको टोलीको एकताको भाव नै हो। स्रोतः बीबीसी

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ८ : ०४ बजे

वायुसेवा निगमद्वारा अन्तर्राष्ट्रिय भाडादरमा छुट

काठमाडौं – नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ। 

विश्व बैंकसँग सवा १७ अर्ब ऋण काढेर प्रादेशिक र स्थानीय सडक मर्मत गर्दै सरकार

काठमाडौं – सरकारले विश्व बैंकसँग सवा १७ अर्ब रुपैयाँ बराबर

तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र

म्याग्दी– बेनी नगरपालिका–९ तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन भएको छ

‘भारतले नेपालमा नाकाबन्दी गरेको थिएन, सिमानामा अवरोध थियो’

काठमाडौं- भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले वि.सं. २०७२

सूक्ष्म व्यवस्थापनमा फेरि छिमेकी निम्त्याउँदै प्रमुख दल

काठमाडौं – नेपालको संविधान, २०७२ जारी भएपछि काठमाडौंमा केही कमजोर