निर्वाचन परिणामलाई लिएर हार स्वीकार्दिनँ : कुलमान घिसिङ « Khabarhub

निर्वाचन परिणामलाई लिएर हार स्वीकार्दिनँ : कुलमान घिसिङ


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचन परिणामलाई लिएर हार नस्वीकार्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले पछिल्लो निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि त्यसलाई हारका रूपमा नलिने स्पष्ट पारे।

उनले उक्त परिणामलाई अनुभव र सिकाइको रूपमा लिँदै आगामी दिनमा पार्टीलाई अझ सशक्त र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे।

‘यो हाम्रो लागि पहिलो खुट्किलो हो, जनताको विश्वास र माया हामीले गुमाएका छैनौँ,’ अध्यक्ष घिसिङले भने।

उनले आगामी दिनमा जनताको विश्वासलाई शक्तिमा रूपान्तरण गर्ने लक्ष्यसहित अघि बढ्ने बताए। त्यसैगरी, उनले पार्टी सदस्यता विस्तारलाई अभियानकै रूपमा अगाडि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ४ : १४ बजे

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४

विदुरको ढुंगेमा भीड बढ्दा उद्धार टोलीलाई कठिनाइ

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड

भोटेकोशी बाढी : काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक– भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः