पुटिन निकट चार रुसी नागरिकमाथि अमेरिकाको प्रतिबन्ध | Khabarhub Khabarhub

पुटिन निकट चार रुसी नागरिकमाथि अमेरिकाको प्रतिबन्ध


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– अमेरिकाको जो बाइडेन प्रशासनले चार रुसी नागरिकलाई भिसा प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएकाहरुमा एलेक्सी अलेक्जेन्ड्रोभ, कोन्स्टान्टिन कुद्र्याभस्टेभ, इभान ओसिपोभ र भ्लादिमिर पानायेभ हुन्।

यी चार व्यक्ति सन् २०२० मा रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष खुवाउने कार्यमा संलग्न थिए । 

अमेरिकी सरकारले ग्लोबल म्याग्निस्की ऐन अन्तर्गत यी चार रुसी नागरिकलाई प्रतिबन्ध लगाएको जनाएको छ । यस ऐनले हत्या, यातना वा अन्य मानवअधिकार उल्लङ्घन गर्नेलाई गैरन्यायिक हिरासतमा राखेर वा उल्लङ्घन गर्नेको दलालको रूपमा काम गर्न निषेध गरेको छ। यी चार रुसी नागरिकलाई सन् २०२१ मा पनि फरक प्राधिकरणले प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी प्रतिबन्धका कारण अब यी चार अभियुक्त र उनका परिवारका सदस्य अमेरिका प्रवेश गर्न पाउने छैनन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यो कारबाहीले अन्तर्राष्ट्रिय मानवअधिकार उल्लङ्घनका लागि मूल्य चुकाउनु पर्ने प्रमाण भएको बताए ।

एलेक्सी नाभाल्नी रूसका विपक्षी नेता हुन् र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचक मानिन्छन्। अगस्ट २०२० मा नाभाल्नी साइबेरियाको टम्स्क शहरबाट मस्कोको लागि उडानमा जाँदै गर्दा उनलाई विष खुवाइएको थियो ।

अस्वस्थताका कारण उनलाई उपचारका लागि जर्मनीको बर्लिन लगिएको थियो, जहाँ उनको स्वास्थ्यमा सुधार आएपछि नाभाल्नी जनवरी २०२१ मा पुनः रुस फर्किए । त्यसपछि उनी जेलमा छन्।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ११ : ०९ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं