हेलिकोप्टर दुर्घटनामा १२ नाइजेरियाली सैनिकको मृत्यु « Khabarhub

हेलिकोप्टर दुर्घटनामा १२ नाइजेरियाली सैनिकको मृत्यु


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

अबुजा- नाइजेरियाको नाइजर राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । अबुजा सहरबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको छ ।

नाइजर राज्यको शिरोरो स्थानीय क्षेत्रको चुकुबा गाउँमा सशस्त्र डाकुहरूको आक्रमणमा घाइते भएका र मारिएका सिपाहीहरूलाई उद्धार गर्न उक्त हेलिकोप्टर परिचालन गरिएको थियो ।

नाइजेरियाली सेनाका प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले अबुजामा आयोजित पत्रकार सम्मेलनका क्रममा घटनाको पुष्टि गरेका हुन् ।

उनले दिएको जनाकारीअनुसार दुर्घटनाको समयमा विमानमा १४ जना सैनिक सवार थिए । त्यसैगरी, सात जना अन्य घाइते रहेको र तीमध्ये दुई जना विमान चालक र दुई जना चालक दलका सदस्य रहेको बताइएको छ ।

स्थानीय समाचारअनुसार चुकुबामा दुर्घटनामा पर्नुअघि उक्त हेलिकोप्टरले डाकुको आक्रमणबाट मारिएका सुरक्षाकर्मीको शव ल्याउँदै थियो । स्रोतहरूले जनाएअनुसार सो क्षेत्रमा सक्रिय सशस्त्र लडाकुले अत्याधुनिक हतियार बोकेका थिए, उनीहरुले हेलिकोप्टरमाथि आक्रमण गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

उक्त हेलिकोप्टर कडुना एयरफिल्डबाट मिन्नाको लागि उडेको तर यसको कडुना र मिन्ना दुबै स्थानको नियन्त्रण टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

प्रिमियम टाइम्सका अनुसार स्थानीय डाकुहरूको समूहका कुख्यात नेता डोगो गिडेले आक्रमणको जिम्मा लिएका छन् । अन्सुरु नामक इस्लामिक अतिवादी समूहसँग निकट सम्बन्ध रहेको बताइने गिडेको समूहले नाइजर र चाडसहित नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा आतङ्क माच्चाउँदै आएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ३ : ५१ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब