गत साउनको तुलनामा यस वर्षको साउनमा अपराधका घटना बढे « Khabarhub

गत साउनको तुलनामा यस वर्षको साउनमा अपराधका घटना बढे


१ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं प्रहरीले गत साउनको तुलनामा यस वर्षको साउनमा अपराधका घटना बढेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत वर्षको साउनमा १ हजार ४७ अपराधका घटना भएकोमा यस वर्ष साउनमा १ हजार २ सय ७५ अपराधका घटना भएको जनाएको छ ।

काठमाडौं परिसरमा सबैभन्दा बढी ५ सय ६० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् भने अभद्र व्यवहारका २ सय ७९ मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । त्यस्तै, साउन महिनामा अनलाइन ठगीसम्बन्धी ६५ निवेदन दर्ता भएकामा दुई वटा मिलापत्र भइ बाँकी ६३ निवेदनमा अनुसन्धान भइरहेको उनले बताए । उनले साउन महिनामा नै विभिन्न मुद्दामा २ सय ४० जनालाई पक्राउ गरिएको र कुल १८ करोड ८० लाख जरिवानाको फैसला भएको जानकारी दिए ।

यस अवधिमा परिसरमा २ हजार ६ सय ५१ जनाले सेवा लिन आएको, कालिमाटी एरियामा १८ वटा सिसिटिभि क्यामेरा जडान गरेको, प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको काठमाडौं परिसरले जनाएको छ ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ५ : १५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको