इन्डोनेसियाको होटलमा आगलागी हुँदा तीन जनाको मृत्यु « Khabarhub

इन्डोनेसियाको होटलमा आगलागी हुँदा तीन जनाको मृत्यु


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्ताको दक्षिणी भागमा बिहीबार अबेर राति एउटा होटल भवनमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार राति करिब ११ः५० बजे आगलागी भएको हो । स्थानीय समय अनुसार बिहीबार केबायोरान बारुको उपजिल्लामा रहेको एफ–२ होटलमा  लागेको आगो शुक्रबार दिउँसो २ः४० बजे निभाइएको थियो ।

जिल्लाका प्रहरी उपप्रमुख ट्रिबुआना रोजेनोले आगलागीमा तीनजना होटलका पाहुनाको मृत्यु भएको जनाकारी दिएका छन् । उनीहरू भेन्टिलेसन नभएको कोठामा फसेका थिए ।

आगलागीमा परी अन्य तीन जना पाहुना पनि घाइते भएका छन् र अहिले  उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा चुरोटको ठुटोले आगलागी भएको खुलेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ६ : १९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण