निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया | Khabarhub Khabarhub

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निर्क्यौल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका हुन् ।

“महिलाको सहभागिता तथ्याङ्कमा मात्र सीमित गर्नुहुँदैन । कूल जनसङ्ख्यामा आधाभन्दा बढी रहेका महिलाको निर्वाचन प्रक्रियामा सहभागिता कम छ । नागरिकता प्राप्ति, मतदाता पत्र, मतदान सङ्ख्या, क्षमता विकासलगायतका विषयले महिलाको अर्थपूर्ण सहभागितालाई प्रभाव पार्दछ,” उनले भने ।

उनले निर्वाचनमा महिलाको सहभागितालाई पुस्तकले थप विश्लेषण गरेको बताउँदै निर्वाचनसम्बन्धी आधिकारिक तथ्य आयोगसँग लिन आग्रहसमेत गरे ।

निर्वाचनमा महिलाको सहभागिता अभिवृद्धि गर्न पहल गरिरहेको र थप मजबुत बनाउन महिला आयोगसँग सहकार्य र समन्वय गरी अघि बढ्न निर्वाचन आयोग तयार रहेको उनले बताए ।

समारोहमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालमा महिलाको अवस्थालाई एकीकृत ढङ्गले पुस्तकमा प्रस्तुत गरिएको बताइन् । विशेषगरी अघिल्लो वर्ष सम्पन्न तीनै तहको निर्वाचनमा भएको महिला सहभागिता र प्रतिनिधित्वलाई पुस्तकमा विशेष जोड दिएको उनले जानकारी दिइन् ।

उक्त पुस्तकबाट महिलाको क्षेत्रमा अध्ययन गर्न, योजना तर्जुमा गर्न, परियोजना निर्माण गर्न र पैरवी गर्नसमेत पुस्तक उपयोगी हुने उनको भनाइ छ ।

दोस्रो अङ्क प्रकाशन भएको उक्त पुस्तकमा नेपालको संविधान र कानूनद्वारा सुनिश्चित महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, पेसागत हक अधिकारको प्रयोग, पहुँच र महिलाको अवस्था कस्तो छ ? कति प्रभावकारी छ ?, महिलाभित्र विशेष समुदायका सवाल, लैङ्गिक हिंसापीडितका लागि राज्यबाट भएका विशेष व्यवस्था, प्रविधिमा महिलाको पहुँचको सवाल, महिलाउपर हुने सबै किसिमका भेदभावविरुद्ध महासन्धि कार्यान्वयनको अवस्था र चुनौती, बालिका, किशोरी र महिलालाई असर पारिरहेका अन्य सवाल र लैङ्गिक उत्तरदायी बजेटजस्ता विषयमा विश्लेषणात्मक सामग्री समावेश गरिएको छ ।

नेपालमा महिलाको वर्तमान अवस्थालाई उजागर गर्ने उद्देश्यले आयोगले गत वर्षदेखि “नेपालमा महिलाको अवस्था” नामक पुस्तक प्रकाशन गरेको हो ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ७ : १९ बजे

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

काठमाडौं– सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट

संसद भवन अगाडि नेविसंघको प्रर्दशन, ११ जना पक्राउ

काठमाडौं- गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन

भलिबल खेलाडीलाई सेनाको सहयोग

महेन्द्रनगर– नेपाली सेनाले भलिबल खेलाडीहरूलाई सहयोग गरेको छ । कञ्चनपुरको

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

संखुवासभा–  चिचिला गाउँपालिका-२ ज्यामिरे बस्ने २४ वर्षीय छेम्बी शेर्पाको करेन्ट लागेर बिहीबार