निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया « Khabarhub

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निर्क्यौल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका हुन् ।

“महिलाको सहभागिता तथ्याङ्कमा मात्र सीमित गर्नुहुँदैन । कूल जनसङ्ख्यामा आधाभन्दा बढी रहेका महिलाको निर्वाचन प्रक्रियामा सहभागिता कम छ । नागरिकता प्राप्ति, मतदाता पत्र, मतदान सङ्ख्या, क्षमता विकासलगायतका विषयले महिलाको अर्थपूर्ण सहभागितालाई प्रभाव पार्दछ,” उनले भने ।

उनले निर्वाचनमा महिलाको सहभागितालाई पुस्तकले थप विश्लेषण गरेको बताउँदै निर्वाचनसम्बन्धी आधिकारिक तथ्य आयोगसँग लिन आग्रहसमेत गरे ।

निर्वाचनमा महिलाको सहभागिता अभिवृद्धि गर्न पहल गरिरहेको र थप मजबुत बनाउन महिला आयोगसँग सहकार्य र समन्वय गरी अघि बढ्न निर्वाचन आयोग तयार रहेको उनले बताए ।

समारोहमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालमा महिलाको अवस्थालाई एकीकृत ढङ्गले पुस्तकमा प्रस्तुत गरिएको बताइन् । विशेषगरी अघिल्लो वर्ष सम्पन्न तीनै तहको निर्वाचनमा भएको महिला सहभागिता र प्रतिनिधित्वलाई पुस्तकमा विशेष जोड दिएको उनले जानकारी दिइन् ।

उक्त पुस्तकबाट महिलाको क्षेत्रमा अध्ययन गर्न, योजना तर्जुमा गर्न, परियोजना निर्माण गर्न र पैरवी गर्नसमेत पुस्तक उपयोगी हुने उनको भनाइ छ ।

दोस्रो अङ्क प्रकाशन भएको उक्त पुस्तकमा नेपालको संविधान र कानूनद्वारा सुनिश्चित महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, पेसागत हक अधिकारको प्रयोग, पहुँच र महिलाको अवस्था कस्तो छ ? कति प्रभावकारी छ ?, महिलाभित्र विशेष समुदायका सवाल, लैङ्गिक हिंसापीडितका लागि राज्यबाट भएका विशेष व्यवस्था, प्रविधिमा महिलाको पहुँचको सवाल, महिलाउपर हुने सबै किसिमका भेदभावविरुद्ध महासन्धि कार्यान्वयनको अवस्था र चुनौती, बालिका, किशोरी र महिलालाई असर पारिरहेका अन्य सवाल र लैङ्गिक उत्तरदायी बजेटजस्ता विषयमा विश्लेषणात्मक सामग्री समावेश गरिएको छ ।

नेपालमा महिलाको वर्तमान अवस्थालाई उजागर गर्ने उद्देश्यले आयोगले गत वर्षदेखि “नेपालमा महिलाको अवस्था” नामक पुस्तक प्रकाशन गरेको हो ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ७ : १९ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि