तालिबानद्वारा अफगानिस्तानमा सञ्चालित २१६ सहायता संस्थाको लाइसेन्स खारेज « Khabarhub

तालिबानद्वारा अफगानिस्तानमा सञ्चालित २१६ सहायता संस्थाको लाइसेन्स खारेज


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले यस वर्षमात्र २१६ वटा सहायता संस्थाको लाइसेन्स खारेज गरिदिएको छ । तालिबानले नियुक्त गरेका अफगान उपअर्थमन्त्री अब्दुल लतिफ नजारीले गत वर्षको अवधिमा मुलुकमा २१६ वटा सहायता संस्थाका लाइसेन्स खारेज गरिएको जानकारी दिएका हुन् ।

अफगान टेलिभिजन टोलो न्युजका अनुसार तालिबानले लागू गरेका मापदण्डविपरीत काम गरेका कारण ती संस्थाको लाइसेन्स खारेज गरिएको नजारीको भनाइ छ ।

कुनै संस्थाले मुलुकमा काम गर्दा आफूहरुको नियम मान्नु पर्ने अन्यथा त्यस्ता संस्थाको लाइसेन्स खारेज गरिने नजारीको भनाइ छ । उनले ती २१६ मध्ये ४ वटा विदेशी संस्था भएको पनि जानकारी दिएका छन् ।

यद्यपि ती संस्थामाथि लगाइएको प्रतिबन्ध स्थायी भने नभएको उनले बताए । आफूहरुको नियम र मापदण्ड पूरा गरे ती संस्थालाई पुनः सञ्चालन गर्न अनुमति दिइने उनको जिकिर छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : ४० बजे

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति