तीजको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुइँचो, पशुपतिमा चार लाइनको व्यवस्था | Khabarhub Khabarhub

तीजको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुइँचो, पशुपतिमा चार लाइनको व्यवस्था


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

तीज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिनेछ ।

चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ ।

पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषले बिहान ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ः०० बजेपछि भने महिला व्रतालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ बिहानी समयमा भक्तजन लाममा बसेको आधा घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।

आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ । यस्तै, उपत्यका बाहिरका शिवालयहरूमा पनि व्रतालुहरूको घुइँचो लागेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ८ : ०६ बजे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी– समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

नयाँदिल्ली– भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक

महानगरको सिप मेला-१९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौं–  ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९