पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प « Khabarhub

पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । 

कोरोना महामारी समाप्त भएपछि पनि भारतले काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्कीमा अध्यागमन कार्यालयले पर्यटकलाई नेपाल आउन अनुमति दिएको छैन ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार भारतको पश्चिम बङ्गाल राज्यको अध्यागमन जाँचचौकी (चेकपोस्ट) रानीगन्ज सीमावर्ती पानीटङ्की नाकाबाट भुटानी, नेपाली विद्यार्थी र प्रवासी भारतीय नागरिक प्रमाणपत्र (ओसीआई) भएका पर्यटकलाई मात्र नेपाल जाने प्रवेशाज्ञा दिने गरेको छ ।

‘बङ्गलादेशमा पढ्न जाने नेपाली विद्यार्थी, भुटानी नागरिक र ओसीआई कार्ड होल्डरलाई मात्र नेपाल आउन दिने भारतीय अध्यागमनको नीतिका कारण काँकडभिट्टाबाट पर्यटक आगमन ठप्प भएको हो’, उनले भने, ‘विगतमा ठूलो सङ्ख्यामा तेस्रो मुलुकबाट पर्यटक यही नाका भएर भित्रिने गर्दथे । अहिले चलहलपहल ठप्प छ ।’

भारतले प्रवेशाज्ञा नदिएका कारण बङ्गलादेश र अन्य तेस्रो मुलुकका पर्यटक काठमाडौँ हुँदै पूर्वी नेपाल घुम्न आउने गरेका छन् । नेपाली पक्षले पूर्वीनाकाबाट पर्यटक भित्रिन भइरहेको अवरोध हटाउन उच्चस्तरीय पहल गर्न आवश्यक रहेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाइ छ ।

पूर्वीनाका भएर नेपाल घुम्न आउने तेस्रो मुलुक तथा बङ्गलादेशी पर्यटकको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको उनको भनाइ छ । अध्यगमन कार्यालय काँकडभिट्टाका अनुसार कोभिड सुरु हुनुअघि यो नाका भएर सबैभन्दा बढी बङ्गलादेशी पर्यटक आउने गरेका थिए ।

अध्यगमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले सन् २०२३ को जनवरी १ देखि हालसम्ममा पूर्वीनाका भएर २१ देशका पाँच हजार एक सय ९७ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । जसमध्ये तीन हजार चार सय १४ पुरुष र एक हजार सात सय ८३ महिला रहेका छन् ।

भुटानबाट एक हजार सात सय २९, अष्ट्रेलियाबाट १२, बङ्गलादेशबाट १२, क्यानडाबाट सात, चीनबाट दुई, फिनल्याण्डबाट तीन, नेदरल्याण्डबाट तीन, फिलिपिन्स, रसिया, सिङ्गापुर र थाइल्याण्डबाट एक–एक, दक्षिण कोरियाबाट तीन, युकेबाट ११, युएसएबाट २६ जना यो अवधिमा नेपाल घुम्न आएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : २५ बजे

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको