बैतडीमा भाइरल ज्वरोको प्रकोप बढ्दो  « Khabarhub

बैतडीमा भाइरल ज्वरोको प्रकोप बढ्दो 


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्लाका सबै जसो स्थानमा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्यकर्मीहरूले बताएका छन् । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका जिल्ला अस्पताल बैतडीमा कार्यरत डाक्टर धिरज जैसवालले बताए । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका उनले बताए । 

मौसममा आएको परिवर्तनसँगै गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको सुर्नया गाउँपालिका ७ स्थित शिखरपुर सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत अहेब हिक्मतबहादुर कुँवरले बताए । स्वास्थ्य इकाइमा हिजोआज दैनिक ३० जना भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका उनले बताए ।

मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपिनले पनि भाइरल ज्वरोको संक्रमण बढेको डा. जैसवालको भनाइ छ । ज्वरोका बिरामीहरूले नजिकै स्वास्थ्य संस्थामा चेकजाँच गर्नुपर्नेमा उनले जोड दिए । ज्वरोका बिरामीहरूमा अन्य संक्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने उनले बताए । 

पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, डेंगु लगायतका बिरामीहरू पनि फेला परीरहेका डा। जैसवालले बताए । 

ज्वरोका बिरामीहरूले स्वास्थ्य संस्थामा चेकजाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने डा. जैसवालले बताए । ज्वरोका बिरामीहरूले मेडिकलहरुबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने उनले बताए ।

जथाभावी औषधिको प्रयोगले मानवको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने भएकाले स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्ने उनले जोड दिए । 

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  २ : ३० बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने