बाहुनडाँगीमा व्यावसायिक कागतीखेती « Khabarhub

बाहुनडाँगीमा व्यावसायिक कागतीखेती


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

झापा– दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि वैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् । 

कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएको हुन् । बाहुनडाँगीमा पाँच कठ्ठादेखि तीन विगाह क्षेत्रफलमा धानको साटो व्यावसायिक कागतीखेती भइरहेको वडाध्यक्ष अर्जुन कार्कीले बताएका छन् । 

उनका अनुसार वडा नम्बर ४ मात्र व्यावसायिक रुपमा कागतीखेती गर्ने किसान २५ भन्दाबढी छन् । उनले विगत चार वर्षअघि किसानलाई निःशुल्करुपमा कागतीको बिरुवा नै वितरण गरिरहेको बताए । 

‘आठ वर्षअघि विश्व बैंकको लगानीमा हात्ती रोक्ने विद्युतीय घेराबारा १२ किलोमिटर गर्ने र १२ किलोमिटर कागती रोपेर जैविक फेन्सिङ गर्ने भन्ने योजना थियो’, उनले भने , ‘तर बैंकसँग कागती रोप्नेभन्दा ढुङ्गामुढा लगाउन सस्तो पर्ने भएपछि कागती खेती भएन ।’

वडा नम्बर ४ मगरडाँडाका सन्तोष अधिकारीले कागती बेचेर वार्षिक रु २५ लाख आम्दानी गरेको बताए। उनले धानखेतीबाट भन्दा कागती खेतीबाट प्रतिविघा रु पाँच लाख बढी नाफा भएको बताए । उनले चार वर्षअघि दुई बिघा जमिनमा धानको साटो कागतीखेती सुरु गरेका हुन् ।

विरुवा लगाएको तीन वर्षदेखि कागतीले आम्दानी दिन सुरु गरेको उनले बताए । उनले बाहै्र महिना फल्ने सुनकागतीको खेती गरेका छन्। कागती किन्नका लागि विर्तामोड, धुलाबारी, काँकरभिट्टाका व्यापारीहरु घरमै आउने गरेको उनको भनाइ छ । बगानमै प्रतिकेजी रु ७५ ले कागती बिक्री हुँदै आएको उनले जानकारी दिए । 

‘धान तथा मकै बाली भित्र्याउन हात्तीले दिँदैनथ्यो’, उनले भने, ‘तर कागती खेतीमा भने समस्या छैन ।’ उनले हाल स्थानीय छ जनालाई रोजगारी दिइरहेका छन्। राम्रोसँग गोडमेल, समयमै मल, पानी गरेर स्याहार गर्न सके प्रतिबोटमा छ हजार दानासम्म फलाउन सकिने उनको अनुभव छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  २ : ३४ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल