लिबियामा ग्रीक सहायता टोलीका पाँच सदस्यको मृत्यु « Khabarhub

लिबियामा ग्रीक सहायता टोलीका पाँच सदस्यको मृत्यु


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

त्रिपोली- विनाशकारी बाढीपछि लिबिया पुगेको ग्रीक मानवीय सहायता टोलीका पाँच सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ग्रीक सेनाले मानवीय सहायता टोलीका ५ सदस्यको मृत्यु भएको ग्रीसको सेनाले सोमबार जनाएको हो ।

“सहायता टोलीमा रहेका ग्रीक सेनाका तीन अधिकारी र ग्रीसको विदेश मन्त्रालयका दुई अनुवादकसहित पाँच जनाको शव सोमबार एथेन्स फर्काइनेछ,” ग्रीसका चिफ अफ स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लिबियाली अधिकारीहरूले आइतबार बेन्गाजीबाट पूर्वतर्फ ३०० किलोमिटर टाढा डेर्नातर्फ जाँदै गरेको ग्रीक टोली दुर्घटनामा परी चार जनाको मृत्यु भएको बताएका थिए ।

लिबियाका स्वास्थ्यमन्त्री ओथमान अब्देलजालिलले ग्रीक टोलीका १९ जना सदस्य बोकेको गाडी लिबियाली परिवार बोकेको कारसँग ठोक्किँदा दुर्घटना भएको बताएका छन् । उनका अनुसार कारमा सवार तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते भएका ग्रीक गाडीमा सवार अन्य १४ सदस्यमध्ये एक जनाबाहेक सबैलाई उपचारका लागि ग्रीस फर्काइएको छ । लिबियामा घाइते भएका एक व्यक्तिलाई ग्रीस फर्कन नदिएपछि अस्पताल भर्ना गरिएको सेनाले जनाएको छ ।

ग्रीसले आइतबार लिबियामा डेनियल आँधीपछि आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा मानवीय सहायता पठाएको थियो । उक्त सहायतामा मेडिकल र नर्सिङ स्टाफका साथै मेडिकल सामग्री र खाद्यान्न पनि समावेश थियो ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ३ : २९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा