प्रवासी नेपालीको समस्या सम्बोधन गर्न पहल भइरहेको छ : मन्त्री साउद « Khabarhub

प्रवासी नेपालीको समस्या सम्बोधन गर्न पहल भइरहेको छ : मन्त्री साउद


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा बस्ने नेपालीलाई विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्न दूतावास र नियोगहरूलाई थप सक्रिय बनाउन पहल भइरहेको बताएका छन् । उनले राहदानी, भिसालगायतका सुविधा प्रदान गर्न बाह्य स्रोत (आउट सोर्सिङ) समेत गरिने जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री साउदले नेपालले हासिल गरेको शान्ति प्रक्रियाको तार्किक निष्कर्षको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताए । जनसम्पर्क समिति अमेरिकाको आयोजनामा भएको कार्यक्रममा उनले विदेशमा रहेका नेपालीलाई स्वदेशमा फर्किने वातावरणका लागि वर्तमान सरकारले काम गरिरहेको बताए । उनले भने, “तपाईंहरूको ज्ञान सीप र पूँजी मात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार छ ।”

गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र मजबुत संस्थाले मात्र बाहिर बसेका नेपालीको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न मन्त्री साउदले अनुरोध गरे । विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृहमन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गर्दै मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको राहदानी, भिसालगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको साङ्गठानिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिए ।

उनले अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा बसेर यहाँ हासिल भएको प्रजातान्त्रिक संस्कृति, संस्कार र व्यवहारलाई नेपालमा लैजान अनुरोध गर्दै भने, “तपाईंहरू विकसित र प्रजातान्त्रिक देशमा बसेर यहाँ जुन प्रक्रिया र प्रणाली अङ्गिकार गरिएको छ त्यसको अभ्यास नेपाललाई लैजान म अनुरोध गर्दछु ।”

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ५ : ४९ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो