राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने | Khabarhub Khabarhub

राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। आज पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुस प्रर्दशन गर्ने निर्णय गरेको हाे।

प्रदर्शनलाई व्यापकता दिई अफल बनाउन पार्टीले पार्टीको  जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

आज बसेको बैठकमा गत भाद्र २९ गते भएको विरोध प्रदर्शनको समीक्षाभावी कार्यक्रमको बारेमा छलफल भएको थियो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट ब्यवस्था परिवर्तनमा जोड दिए।

‘यो व्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने ब्यवस्था ल्याउनुपर्छ’ थापाले भने। बैठकमा पार्टीका पदाधिकारी सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरू र उपत्यकाका जिल्ला अध्यक्षहरूले आन्दोलनमा जान जोड दिएका थिए।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ५ : ५६ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)