दोधारा चाँदनी सुक्खा बन्दरगाह : निर्माण प्रक्रियाले गति लिँदा पलाएको आशा | Khabarhub Khabarhub

दोधारा चाँदनी सुक्खा बन्दरगाह : निर्माण प्रक्रियाले गति लिँदा पलाएको आशा


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चादँनीमा सख्खा बन्दरगाह प्रस्ताव भएको करिब डेढ दशकपछि यसको निर्माण प्रक्रियाले गति पाएपछि सुदूरपीश्चमकै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ । गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुक्खा बन्दरगाह निर्माणस्थल दोधारा चादँनी नगरपालिका–१ मा निरीक्षण गरेयता उक्त आयोजनाले निर्माण प्रक्रियालाई गति दिइएको छ ।

प्रधानमन्त्रीले स्थलगत निरीक्षणपछि गत जेठमा भारत भ्रमणका क्रममा सुक्खा बन्दरगाह निर्माणले उच्च प्राथमिकता दिँदै भारतले आगामी तीन वर्षमा बनाइदिने सहमतिपत्रमा हस्ताक्षर गरेपछि आर्थिक विकास हुने अपेक्षा हुँदै आएको होे । दुवै देशको प्रधानमन्त्री स्तरमा भएको उक्त सम्झौतापछि भारतीय पक्ष पनि सुक्खा बन्दरगाह निर्माणमा चासो दिएर स्थलगत अनुगमनमा जुट्न थालेको छ ।

सोमबार नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा सुक्खा बन्दरगाह स्थलको अनुगमन गरे । सुदूरपश्चिम प्रदेशको आर्थिक स्मृद्धिमा भरपुर सहयोग पुग्ने सुक्खा बन्दरगाह सञ्चालन, कञ्चनपुरलाई नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाकाका रुपमा विकास गर्न खोजिएको विषयले प्रक्रियागत रुपमा बढावा पाउन थालेपछि स्थानीयवासी हर्षित छन् ।

जिल्ला समन्वय समिति कञ्चनपुरले सुक्खा बन्दरगाह निर्माण स्थलमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका प्रमुख सचेतक लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि मन्त्रिपरिषद्को बैठकले जग्गा निर्धारण गरिसेकेको बताए । “अब यहाँ छिट्टै सुक्खा बन्दरगाह निर्माणको काम अघि बढ्छ”, लेखकले भने, “सुक्खा बन्दरगाह कञ्चनपुरको मात्रै नभएर यसले देशको आर्थिक विकासमा जोड दिनेछ ।”

निर्वाचनका बेला नेता लेखकले सुक्खा बन्दरगाह निर्माणसँगै कञ्चनपुरलाई नेपाल–भारत र चीनको त्रिदेशीय नाका बनाउने विषय मुख्य चुनावी एजेन्डासमेत बनाएका थिए । त्यसैगरी राजदूत श्रीवास्तबले भारत सरकारले अनुदानमा निर्माण गरिने भएकाले सोको स्थलगतको अनुगमन गर्न दोधारा चाँदनी आएको बताए ।

“डिपिआर स्वीकृत भएपश्चात् समयमै सुक्खा बन्दरगाह निर्माण हुनेछ”, उनले भने । दोधारा चाँदनी नगरपालिकाको गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्रको दुई सय ८० बिघा जमिन अधिग्रहण गरी सुक्खा बन्दरगाह निर्माण हुनेछ । झन्डै रु ६ अर्ब लागतमा चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी निर्माण हुनेछ ।

सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्न आइसिपी निर्माण हुन लागेको हो । सोही सुक्खा बन्दरगाहको करिब एक किलोमिटर वर महाकाली नदीमा चार लेनको पक्की पुल र ६ लेनको पहुँच मार्गसमेत निर्माण भइसकेको छ । केही समयअघि चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न भारतले विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा नेपाललाई पठाएको थियो ।

पहिलो चरणमा सडक सञ्जाल र दोस्रो चरणमा  रेलवे कनेक्सन निर्माण गरिने योजना छ । वनको ४० हेक्टर क्षेत्रफल रहेको जग्गामा निर्माण हुन लागेको आइसिपीमा दुईवटा गोदाम भवन, भन्सार चेक जाँच, क्वारेन्टिन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका अन्य पूर्वाधार निर्माण हुनेछन् । जसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइसकेको छ ।

प्रतिवेदनअनुसार एक हजार नौ सय वटा रूख काट्नुपर्ने छ । आज भएको स्थलगत निरीक्षणमा कांग्रेस प्रमुख सचेतक लेखक, भारतीय राजदूत श्रीवास्तव, सुदूरपश्चिम प्रदेशसभा सदस्य बेलबहादुर रानामगर, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालगायत स्थानीय जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ६ : ४४ बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट