त्रिदेशीय टी–ट्वान्टी सिरिजमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिजमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज आजदेखि काठमाडौँमा सुरु हुँदैछ । मूलपानी क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेन्ट्स (यूएई) को सामना गर्दैछ । 

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले यूएईसँग अहिलेसम्म कुल पाँच खेल खेलेको छ । जसमा यूएई तीन खेलमा विजयी हुँदा नेपालले दुई खेल जितेको छ ।

विश्वकप टी–ट्वान्टी छनोटको तयारीस्वरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।

नेपालले भोलि र कात्तिक ४ गते हङकङसँग खेल्नेछ भने कात्तिक ६ गते यूएईसँग दोस्रो खेल खेल्नेछ । यस्तै, यूएई र हङकङले भने कात्तिक ५ र ८ गते खेल्नेछन् ।

डबल राउन्ड रोविनमा हुने सिरिजको शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्। प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा नै हुनेछन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयाेजनामा आईसीसी विश्वकप टी–ट्वान्टी एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो सिरिज आयोजना गरिएकाे हो । 

यो सिरिजमा सन्दीप लामिछानेले भने नखेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू कठिन अवस्थामा रहेका कारण सिरिजबाट नाम फिर्ता लिएको बताएका छन् । 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : ५६ बजे

प्राधिकरणको प्रस्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ